घोडाघोडी नगरपालीकामा हात्ती संरक्षण केन्द्र स्थापना हुदै (अडियो सहित)

जीवन बिष्ट सुखड कार्तिक २० । 
कैलालीको घोडाघोडी नगरपालीकामा हात्ती संरक्षण केन्द्र स्थापना गरिने भएको छ ।घोडाघोडी नगरपालीका भित्र संरक्षण केन्द्र स्थापनाको लागी स्थान छनौट भइरहेको जनाइएको छ । अहिले हात्ती संरक्षणको क्षेत्रमा काम गरीरहेका ३ जना फ्रान्सेली नागरिक र घोडाघोडी नगरपालीकाका जनप्रतिनिधीहरुले अध्यायन गरिरहेका छन् ।घोडाघोडी नगरपालीका वडा नम्वर २मा रहेको चिडीयाताल क्षेत्रमा संरक्षण केन्द्र स्थापना हुने सम्भावना धेरै रहेको नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिनु भयो ।चिडीयाताल सँगै बन र नदी पनी जोडीएकाले हात्ती पाल्न सजिलो हुने भएकाले संरक्षण केन्द्र स्थापना हुने सम्भावना वलियो  रहेको उहाले बताउनु भयो ।युरोपका केही धनी मानिसहरुले गठन गरेको एनजियो मार्फत हात्ती संरक्षण केन्द्र स्थापनाको लागी पहल भइरहेको बताउदै नगर प्रमुद चौधरीले संरक्षण केन्द्र स्थापना भए वर्षमा २÷३ पटक युरोपेली नागरिक अवलोकनमा आउने हुदा घोडाघोडी क्षेत्रको प्रचार प्रसार हुने,रोजगारीको अवसर प्राप्त हुने,पर्यटन प्रवद्धनमा टेवा पुग्ने बिश्वास लिनु भयो ।हात्ती संरक्षण केन्द्रको सवै खर्च युरोपेली नागरिकहरुले गठन गरेको एनजियोले नै बेहार्ने जनाइएको छ ।स्थान छनौटको लागी टोली स्थलमै रहेकाले केही समयमै हात्ती संरक्षण केन्द्रको टुङ्गो लाग्ने नगर प्रमुख चौधरीले बताउनु भयो ।
बृहत घोडाघोडी ताल पर्यटन बोर्डका अध्यक्ष तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी सगँ कुराकानि :

 

प्रतिकृया दिनुहोस