कैलालीमा रासायनिक मलको चरम अभाव, मल पाउन किसानलाइ युद्ध जित्नु जत्तिकै ( रिपोर्ट सहित )

जीवन बिष्ट कार्तिक २० सुखड 
कैलालीमा रासायनिक मलको चरम अभाव भएको छ। कृषि सामग्री कम्पनीले पर्याप्त मल आपूर्ति गर्न नसक्दा रासायनिक मल अभाव भएको हो। जिल्लामै मलको समस्या र अभाव चुलिएपछि कैलालीका किसान समस्यामा परेका छन्।मल नपाउँदा ग्रामीण गरिब तथा विपन्न किसानलाई गहुँ खेतीमा कठिनाइ परेको घोडाघोडी नगरपालिका ८ तारानगरकास्थानीय किसान गणेश चौधरीले बताउनु भयो ।नेपाली मल धेरै महँगो पर्ने अझै त्यसै माथी मलकै अभावले झनै समस्या परेको उहाले गुनासो छ ।जसरी हुन्छ गहुँ राम्रो होस् भनेर २ साता देखी मलको लागी सहकारीमा लाइनमा वसेको घोडाघोडी नगरपालीका वडा नम्वर ५ डोडाका राजाराम चौधरी बताउनु भयो ।अहिले मल हाल्नु पर्ने बेलामा युद्ध जित्नु जत्तिकै भएको छ ।मल पाउने आसमा विभीन्न सहकारीहरुमा यतीवेला कृषकको भिड छ ।कैलालीका अधिंकास सहकारी संस्थाहरुले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ् कर्पोरेशन मार्फत मल बितरण गरि रहेका छन् । तर सहकारी संस्थालाई दिने निकायमानै न्युन मात्रामा मल आउने गरेकाले किसान सम्म पुगि रहेको छैन । सहकारीमा पुगेको मल पनी सहकारीका कर्मचारीहरुले आफ्ना आसे पासेहरुलाई वितरण गरिरहेको गुनासो कृषकहरुले गरेका छन् ।यता सहकारीहरुले भने कृषकको संख्या धेरै रेहेको कैलालीमा माग अनुसार आपुर्ती हुन नसक्दा समस्या भएको जनाएका छन् ।सहकारीले व्यत्तीगत ऋण लगानी नगरी मलमै लगानी गरे पनी मल आपूर्ती गर्न नेपाल सरकार नै असफल भएको सुखड् स्थीत नकरोड सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीले बताउनु भयो ।किसानहरुले खेती पातीको समयमा मल नपाइरहदा स्थानिय सरकारले कुनै चासो नदिएको समेत उहाले आरोप लगाउनु भयो ।साथै उहाले नकरोड कृर्षी सहकारी संस्थामा आएको मल सिधै कृषकहरुलाई बितरण भइरहेको बताउनु भयो । कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ् कर्पोरेशनले नै मल आपूर्ती गर्न नसकेको उहाको भनाई छ ।मल आपूर्तीको जिम्मा लिएका कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ् कर्पोरेशन धनगढीले भने सरकारको अनुदानको रकम कम भएकाले कैलालीमा मात्रै नभई देशभर नै मलको चरम अभाव रहेको बताएका छन् ।कृषि सामाग्री कम्पनी लिमिटेड ७० प्रतिशत र साल्ट टे«डिङ् कर्पोरेशले ३० प्रतिशत मल आपूर्तीको जिम्मा लिएको छ ।
यता मलआपूर्तीको ७० प्रतिशत जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय धनगढीले सरकारी अनुदान रकम कम भएकै कारण मल अभाव भइरहेको दावी गरेको छ ।नेपालभर ७ लाख मेट्रिक टन माग रहेकोमा ३ लाख ५० हजार मेट्रिक टनमात्रै खरिद भएकाले मलको अभाव भएको जनाइएको छ ।मल आपूर्तीको काम भइरहेकाले केही दिनमै समस्या समाधान हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस