घोडाघोडीलाई हराउँदै हाईबे बालबाटीकाले जित्याे सेतीलोकमार्ग फुटबल कपको उपाधी

गोविन्द बीसी कार्तिक २०/ बौनिया

कैलालीको बर्दगोरियामा जारी सेतीलोकमार्ग कप फुटबल प्रतियोगिताको उपाधी हाईबे बालबाटीका बौनियाले जितेको छ । सडकपुर बौनियामा मंगलबार भएको फाइनल खेलमा घोडाघोडी क्लब सुखड माथी ६–५ को जीत निकाल्दै हाईबे बालबाटीकाले उपाधि जितेको हो । सडकपुर बौनिया यूवा क्लबद्वारा आयोजित चौथो संस्करण अन्तर्गतको सेतीलोकमार्ग खुल्ला फुटबल प्रतियोगिता यो खेलसंगै सकिएको छ । बसन्त मुरारी माविको खेल मैदानमा भएको फाइनल खेलको निर्धारित समय र थप भएकाे समयमा दुबै टीमबाट गाेल हुन नसकेपछि खेल अतिरिक्त समय सम्म धकेलिएको थियाे । कडा प्रतिस्पर्धा संगै ट्राइबेकरमा हाईबे बालबाटीकाले प्रतियोगिताको उपाधी चुमेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट १९ टीमको सहभागिता रहेको थियो । गत कार्तिक ८ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सकिएको खेल संयोजक पुष्प भण्डारीले जानकारी दिए । प्रतियोगिताकाे मूख्य प्रबर्द्धक बर्दगाेरिया गाउँपालिका रहेकाे थियो भने, मूख्य प्रायोजकमा सरस्वती एग्राे इण्डष्ट्रिज रहेको बताइएको छ । आयोजक सडकपुर बौनिया यूवा क्लबका सचिव धिरज शाहीका अनुसार प्रतियोगिताको सुरुवातदेखि नै दर्शकको उत्साहजनक सहभागिता रहेको र हजारौं दर्शकले प्रत्यक्ष अवलोकन गरेको बताएका छन् । प्रतियोगिताको सेमिफाइनल अन्तर्गतका खेलमा ४ टीमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा बिजेता हुने टीमलाई रु २ लाख नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने, उपबिजेतालाई नगद रु १ लाख, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, खेलमा विभिन्न बिद्यातर्फका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस