सुखडमा भईरहेको कालोपत्रेको कामलाई दिगो बनाउन सबैको निगरानी आवश्यक अडियो (रिपोर्ट सहित)

लोकू सिंह ठकुरी, २१ कार्तिक सुखड 
अहिले घोडाघोडी नगरपालिकाको सुखड बजार चौक देखी  दक्षिण तर्फको सडकमा कालोपत्रेको काम भईरहेको छ । भईरहेको कालोपत्रेको कामलाई दिगो र प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा सम्पुर्ण स्थानीय उपभोक्ता चनाखो बन्न जरुरी हुने शिक्षक टंक संज्यालले बताए । बिभिन्न चरणमा गरी १८ महिनाको अवधिमा सोही बाटोमा ३ पटक सम्म कालोपत्रेको काम भई सकेको बताउदै स्थानीयबासी चनाखो नबन्दा सरकारले जनताको आखामा छारो हाल्ने काम गरीरहेको बताए ।

पहिलेको कालोपत्रेको मापदण्ड फरक खालको भएको र मापदण्ड बिपरीत सवारी साधन चल्दा सुखड भजनी सडक खण्ड चाडै बिग्रएको बताउदै घोडाघोडी नगरपालिकाका ईन्जिनियर जोशीले अव त्यस्तो खालको काम नहुने र तोकिएको मापदण्ड अनुसार काम भए नभएको नगरपालिकाले निगरानी गरीरहेको र त्यसकोलागी स्थानीयहरु पनी  जागरुप हुन आवश्यक हरेको   बताए । गिट्टी फिजाएको नै भएन भन्दै केही स्थानीयहरु आफु सम्म गुनासो लिएर आएकाले तुरुन्तै त्यस्को अनुगमन गर्ने वडा नं. १ का वडाध्यक्ष मनराज शाहीले बताए । भईरहेको कालोपत्रेको कामलाई मुख्य प्राथमिक्तामा हेरीरहेको उनले दावि गरेका छन । यो योजनालाई दिगो र प्रभावकारी बनाउन आफु निरन्तर  लागीरहेका स्थानीय उपभोक्ता तथा सरोकारवाला निकायले पनी यस बारेमा बिशेष चासो दिनुपर्ने वडाध्यक्ष शाहीले बताए ।
 

प्रतिकृया दिनुहोस