घोडाघोडी सहायता केन्द्रकी सह सचिव राधा चौधरी माथी फेरी वोक्सी आरोपमा कुटपिट ,कडा कारवाहीको माग गर्दै बिज्ञेप्ती सार्वजनिक

सुखड ,कार्तिक २२ 
कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरी कुटपिट गरिएको छ। यसअघि बोक्सीकै आरोपमा फागुन २४ गते  नारी दिवसकै दिन कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरी सहित ३ जनालाई अदालतले कैद सजाय तोकेपनि बुधवार फेरी लक्ष्मी पुजाकै दिन राधामाथी कुटपिट भएको हो।राधा चौधरीमाथी स्थानिय कालिराम चौधरीेले दुरव्यवहार सँगै कुटपिट गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।सह सचिव राधा चौधरी माथी बोक्सीको आरोपमा कुटपिटभएको प्रती आपत्ती जनाउदै घोडाघोडी सहायता केन्द्रले विज्ञेप्ती सार्वजनिक गरेको छ ।कार्तिक २१ गते बुधवार लक्ष्मीपुजाका दिन साझ ४ बजे राधा चौधरी घरमै बसरहेको अवस्थामा सोही ठाउका कालिचरण चौधरीले बोक्सीको आरोप लगाउदै दुरव्यवहार सँगै कुटपिट गरेको घटना प्रती गम्भीर ध्यानआकर्षण भएको घोडाघोडी सहायता केन्द्रका सचिव जर्नादन उपाध्याय द्धारा हस्ताक्षर बिज्ञप्तीमा उल्लेख गरीएको छ ।यस भन्दा अगाडी फाुगन  २४ गते नारी दिवसकै दिन राधा चौधरी माथी बोक्सीको आरोपमा कुटपिट पछी दोषी उपर कारवाही भइसकेको हुदा हुदै पनी पटक पटक गाली गलौज गर्ने,दुरव्यवहार गर्ने,कुटपिट गर्ने दोषी कालि चरण चौधरी माथी कडा कारवाहीको माग बिज्ञेप्तीद्धारा गरीएको छ ।साथै पटक पटक दुरव्यवहार गर्ने काली चरण चौधरीलाई कानुनी कठघरमा उध्याई पिडीतलाई उचित न्याय दिलाउन प्रहरी प्रशासन सँग माग समेत गरीएको छ ।कारवाही गर्न प्रहरी प्रशासनले वेवास्ता गरे घोडाघोडी सहाउयता केन्द्र चरणवद्ध आन्दोलनमा उत्रिले चेतावनी लिइएको छ ।
 

प्रतिकृया दिनुहोस