आपसमै नमिलेकाले चुनाव हारियो : देउवा

कात्तिक २२ भक्तपुर

नेपाली क्रांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गर्नु भएको छ । सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराउनु भएको हो ।तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।सभापति देउवाले नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाले गरिबी निवारणमा पुर्‍याउनु भएको योगदानको पनि चर्चा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य सुरेन्द्र केसीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोभन्दै सरकारको आलोचना गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस