धनगढी बसपार्कमा एकजना पुरुष मृत अवस्थामा फेला

कैलाली संबाददाता २३ कात्तिक धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । ना ४ ख ४२६४ नम्बरको बसका सहचालक बझाङका मोहन बोहरा मृत अवस्थामा फेला परेका हुन् ।उनको बायाँ कोखामा धारिलो हतियारको चोट देखिएको छ । बोहरा विगत २५–२६ वर्षदेखि बसपार्क क्षेत्रमा रहँदै आएको स्थानीयबासी बताउँछन् ।बिहिबार साँझ बसपार्क क्षेत्रमा देखिएका बोहरा ना ५ ख ३५७ नम्बरको बस नजिकै शुक्रबार विहान मृत अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ना ५ ख ३५७ का सहचालकसहित अन्य एकजनाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । उनले नियन्त्रणमा लिएकाहरुलाई सोधपुछ भैरहेको बताए ।प्रहरी उपरिक्षक तिम्सिनाले शवलाई पोष्टमार्टका लागि अञ्चल अस्पताल लगिएको बताउँदै पोस्टमार्टमको रिपोर्टपछि अन्य कुराहरु थाहा हुने बताए ।

प्रतिकृया दिनुहोस