बालबालिकालाई निमोनिया रोग बाट बचाउन नियमित खोप लगाउनु पर्ने चिकित्सकहरुको भनाई (अडियो सहित)

वीरेन्द्र शाह सुखड २६ कैलाली
कैलाली लगायत दशै भर सोमबार विश्व निमोनिया दिवस मनाईको छ । हरेक वर्ष नोभेम्बर १२ का दिन निमोनिया दिवस मनाईने गरीन्छ । निमोनिया सबैलाई लाग्ने रोग हो । आँखाले नदेखिने किटाणुबाट स्वासप्रश्वास प्रक्रियासँग सम्बन्धित अङ्गहरूमा यो रोगको सङ्क्रमण हुन्छ र सास फेर्न बाधा पुग्छ  ।यसलाई निमोनिया वा स्वासप्रश्वास सम्बन्धी रोग भनिन्छ । यसले प्राय जसो फोक्सोमा असर गर्छ, साथै नाक र कानमा समेत असर गर्छ ।मुख्य गरी यो रोग ५ वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई लाग्ने सम्भावना बढी हुन्छ । बालबालिकामा लाग्ने विभिन्न रोगहरूमध्ये पहिलो नम्बरमा निमोनिया रहेको छ । बाल चिकित्सकहरूको भनाइ अनुसार पनि नेपालमा बालबालिका मृत्युको प्रमुख रोग निमोनिया नै हो । निमोनिया हँुदा बालबालिकालाई साधारण रुघाखोकी लाग्ने गर्छ । कहिलेकाहीँ रुघाखोकीबाट नै पाँच वर्षमुनिका बच्चाहरूमा घातक रोग निमोनिया लग्न सक्छ । खास गरेर निमोनिया भएपछि मृत्यु हुनुको कारण निमोनियाको समयमै उपचार नपाउनुलाई नै मान्दै आइएको छ । यो बाट बालबालिका बढी जोखिममा पर्ने गरेका छन । यो रोग लागेमा फोक्सोका कोषहरू सुनिन्छन श्वासप्रश्वासमा समस्या आउँछ । ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ । सुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आउने, साधारण रुघाखोकी लाग्ने र पछि छिटोछिटो सास फेर्ने वा सास फेर्न गाह्रो हुने हुन्छ । निमोनिया भएमा बालबालिकाले खान पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसैकसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्छ । छिटोछिटो सास फेर्ने, कोखा हान्ने, निलो हुने जस्ता लक्षण रोगको अवस्था बढ्दै जाँदा देखिन्छ । बालबालिकालाई तातो र न्यायो बनाएर राख्नाले पनि निमोनियाबाट बचाउन सकिन्छ । यस्तै बालबालिकालाई निमोनियाबाट बचाउन आमाको दूधको महत्वपूर्ण भूमिका हुन्छ । बालबालिकालाई निमायोनिया बाट बचाउनको लागि आमाको दूध अनिवार्य खुवाउनुपर्छ । दूध खुवाउन नहुने अवस्था नै छ भने चाहिँ नखुवाउँदा हुन्छ । यसै बिच सहकर्मी वीरेन्द्र शाहले कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ मा रहेको दरख स्वास्थ्य चौकीका सिनियर अहेब अधिकृत बेद चौधरी सगँ कुराकानि गर्नु भएको छ ।अन्तरवार्ताः

प्रतिकृया दिनुहोस