घोडाघोडी मन्दिर नजिकै हाईस दुर्घटना हुदा दुई जना गम्भीर घाईते

वीरेन्द्र शाह सुखड २७ कात्तिक 
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ घोडाघोडी मन्दिर नजिकै मंगलबार बिहान हाईस दुर्घटना हुदा दुई जना गम्भीर घाईते भएका छन । घाईते हुनेहरुमा कंचनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका ५ वनसमिति गाउँका वर्ष २४ की लक्ष्मी रावल र बेदकोट नगरपालिका ७ लालपुर गाउका वर्ष ३५ की सीता देबी डगौरा हरेको प्रहरी बताएको छ । घाईतेहरुको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । अन्य ९ जना सकुसल  रहको प्रहरीको भनाई छ । महेन्द्रनगरबाट नेपालगंज जादै गरेको म १ ज १४२ नम्बरको हाइस दुर्घटनामा परेको हो । हाइसले साईकल यात्रीलाई बचाउने क्रममा अनियन्त्रित भई घोडाघोडी मन्दिर नजिक कै नालीमा खसेको इलाका प्रहरी कार्यलय सुखड प्रमुख यक्ष राज जोशीले बताउनु भयो । हाईसका चालक अहिले इलाका प्रहरी कार्यलय सुखडको नियन्त्रणमा रहेका छन ।

प्रतिकृया दिनुहोस