घोडाघोडी अस्पताल कैलालीको मध्य क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल बन्दै

जीवन बिष्ट सुखड ,कार्तिक २९
कैलालीको घोडाघोडी नगरपालीका १ सुखडमा रहेको २५ शैयाको घोडाघोडी अस्पताल प्रा.ली अव ५० शैयाको बन्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० शैयाको वनाउने प्रकृया अगाडी बढीसकेको घोडाघोडी अस्पतालका अध्यक्ष बिष्णु सापकोटाले बताउनु भयो । अस्पतालका फाउन्डर र कुर्षी बिकास बैकं सुखड साखाको लगानीमा अस्पतालको नया सुविधा सम्पन्न भवन र थप सेवाको तयारी भइरहेको छ । २०६५सालमा स्थापना भएको अस्पतालले हाल बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ र फिजियोथेरापी विशेषज्ञ, जनरल मेडिशिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट लगायतका सेवाहरु प्रदान गरिरहेको बताइएको छ । २०७४ माघ महिनाबाट अस्पतालको स्तरबृद्धीको लागी भवन निमार्णको काम सुरु भएको बताउदै अध्यक्ष सापकोटाले हाल सम्म सवै प्रक्रिया पुरागरी पहिलो तलाको ढलान सकिएको बताउनुभयो  ।उहाका अनुसार अस्पतालको साढे ४ तलाको भवन तयार हुदै छ । २०७७ साल भित्रै अस्पतालको भवन पूर्ण रुपमा तयार भइ ५० शैयाको सेवा प्रदान हुने उहाले बताउनु भयो । भवन निमार्णमा करिव १७ करोड लागे पनी अस्पतालमा आईसियू, एनआईसियु, पिसिआईयुको व्यवस्था गर्दा करिव ४० करोड सम्म खर्च लाग्ने उहाले बताउनु भयो । अवको केही समयमै घोडाघोडी अस्पतालले आफ्नै भवनबाट सिटी स्क्यान सेवा शुरु गर्ने समेत उहाले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस