स्वास्थ्य राहात कोष बाट अहिले सम्म ४२ जनाले सेवा लिए (अडियो सहित )

वीरेन्द्र शाह सुखड ३० कैलाली
कैलालीको घोडाघोडी नगरपालिकामा स्वास्थ्य राहात कोष स्थापना भए पछि अहिले सम्म ४२ जनाले सेवा लिएका लिएको बताईएको छ । आर्थिक वर्ष २०७४ २०७५ मा स्वास्थ्य राहात कोष भए पछि ३२ जना र यो वर्ष मा अहिले सम्म ६ जनाले सेवा लिएको स्वास्थ्य साखाले जनाएको छ । स्वास्थ्य राहात कोष बाट नागरीकहरुले  १० हजार पाउने गरेका छन ।जटिल खालका रोगहरुको उपचारको लागी औषधी खरीद देखी लिएर सम्बन्धी अस्पतालमा पुग्नको लागी केही सहयोग होस् भन्ने उदेश्यले यो स्वास्थ्य राहात कोष स्थापना गरीएको स्वास्थ्य साखाले जनाएको छ । बिपन्न नागरीक,दलित,जेष्ठ नागरीक,अपाङग,पहुच बाट बन्चित,तथा आर्थिक स्थिति एक दमै कमजोर भएका व्यक्तिहरुले यो सेवा लिन पाउने बताईएको छ । नगर सभा बाट कार्यबिधि र कानुन बनाएर यो  स्वास्थ्य राहात कोष स्थापना गरीएको हो । विपन्न नागरीकलाई लक्ष्य राखेर यो स्वास्थ्य राहात कोष स्थापना गरीएको गरीएको घोडाघोडी नगरपालिका स्वास्थ्य साखाका सह संयोजक मिन बहादुर धामीले बताउनु भयो । यो स्वास्थ्य राहात कोषमा नगर प्रमुख अध्यक्ष,उप प्रमुख सदस्य,प्रमुख प्रशासीय अधिकृत सदस्य,सदस्य सचिबमा स्वास्थ्य साखाका संयोजक र सबै वडा अध्यक्ष सदस्य रहने गरी यो समिति निमार्ण गरीएको हो । यो सेवा लिनको लागी सम्बन्धी वडाको सिफारिस,आधिकारी स्वास्थ्य संस्थाले बिरामीलाई यो यो कडा खालको रोग लागेकको हो भनेर लेखेको बिरामी पुर्जा , साथमा सम्बन्धी बिरामीको नागरीकता फोटो कपि अथावा जम्म दर्ता र बिल भपाई  गरेको खण्डमा यो सेवा पाउने स्वास्थ्य साखाका सह संयोजक मिन बहादुर धामीले बताउनु भयो । कडा खालको बिरामी हो भने बोर्डको बैठक बसेर छलफल गरी कम्तिमा १ लाख सम्मको सेवा दिन सकिने उहाँले बताउनु भयो ।यसै बिच सहकर्मी वीरेन्द्र शाहले घोडाघोडी नगरपालीकाका स्वास्थ्य साखाका सह संयोजक मिन बहादुर धामी सगँ कुराकानि गर्नु भएको छ । अन्तरवार्ताः

प्रतिकृया दिनुहोस