शनिबारबाट संचालन हुने जे.टी. कप क्रिकेट प्रतियोगीताको उदघाटन खेल जे.टी. र आर.एम. बिच हुने

लोकू सिंह ठकुरी, ३० कार्तिक सुखड 

कैलालीको बर्दगोरीया गाउपालिकामा शनिबारबाट संचालन हुने अक्स ब्रिज पब्लिकेशन जे.टी. कप क्रिकेट प्रतियोगीताको तयारी पुरा भएको र भोली देखी निरन्तर प्रतियोगीता संचालन हुने मुल आयोजक कमिटीका संयोजक तथा जगत तारा ईङ्गलीस बोर्डीङ्ग स्कुल सडकपुर बौनियका संस्थापक एकेन्द्र मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । पत्रकार सम्मेलनमा प्रतियोगीताको तयारी, सहभागी टिम तथा क्षेत्र, यस क्षेत्रमा क्रिकेटको सम्भावना र चुनौती लगाएतका बिषयमा आयोजकले जानकारी तथा छलफल समेत गरीएको थियो । पहिलो संस्करण देखी चौथो संस्करण सम्म आई पुग्दा यस क्षेत्रमा क्रिकेट प्रतिको मोह जागेको र यस क्षेत्रमा खेल मैदानको समस्या रहेको प्रतियोगिताका सह संयोजक तथा संस्थाका प्रिन्सीपल मनोज कुमार पन्तले बताए ।

शुरुवाती चरणमा केही अभिभावकहरुबाटै केही गुनासो तथा समस्या आउने गरेकोमा हाल क्रिकेटको आकर्षण तथा सकारात्मक सोचको बिकाशले उनीहरुबाट राम्रो प्रतिक्रिया आउने गरेको उनले बताए । प्रतियोगीतामा बिभिन्न ठाउका १६ टिमको सहभागीता रहने छ । शनिबार १ बजे मुडा बजारको खेलमैदानमा हुने उदघाटन खेलमा आयोजक जगत तारा ईङ्गलीस बोर्डीङ्ग स्कुल सडकपुर बौनिय र आर.एम. ईङ्गलीस बोर्डीङ्ग स्कुल टिकापुर बिच हुने भएको छ । प्रतियोगिताको प्रथम पुरस्कार राशी ६१ हजार १ सय ११ रुपैया रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस