घोडाघोडी नगरपालिकाका सौर्य सडक बत्तीहरु प्रयोग बिहिन

लोकू सिंह ठकुरी, ३० कार्तिक सुखड 

कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत सुखड र साडेपानीमा जडान गरीएका अधिकांश सौर्य सडक बत्तीहरु प्रयोग बिहिन हुन थालेका छन । रातको समयमा हुन सक्ने दुर्घटना तथा चोरीको समस्यालाई मध्यनजर गर्दै बजारका मुख्य सडकमा जडान गरीएका सौर्य बत्तीहरु बिग्रीए पछी प्रयोग बिहिन बन्न थालेका हुन । जडित सौर्य सडक बत्तीहरु लामो समय देखी बिग्रिएर बल्न छोडेको भए पनी त्यस तर्फ कसैले ध्यान नदिएको स्थानीयहरुको भनाई छ । नगरपालिकाको २७ लाखको लागतमा २ वर्ष पहिले यस क्षेत्रमा २७ वटा पोल सहितका सौर्य सडक बत्ती निमार्ण गरीएको थियो । पुन मर्मतका लागी भन्दै तत्कालीन सौर्य सडक बत्ती उपभोक्ता समितीले २७ हजार रुपैया नगरपालिकाको खातामा जम्मा गरेको समितीका अध्यक्ष मणी प्रसाद चौलागाईले बताए । सडक बत्ती निमार्णको जिम्मा पाएको सुर्य दिप ईन्र्जी प्रा.ली. सुखडले ५ वर्ष सम्मको मर्मतको जिम्मा समेत लिएको थियो । तर हाल पटक पटक बत्ती मर्मतका लागी आग्रह गर्दा पनी बेवास्था गर्ने गरेको अध्यक्ष चौलागाईले गुनासो गरे । बत्ती मर्मतको जिम्मा लिएको सुर्य दिप ईन्र्जी प्रा.ली. तथा मर्मतका लागी भन्दै २७ हजार रुपैया खातामा राखेको नगरपालिका दुबैले यतिखेर कानमा तेल हालेर बसेका छन । हाल सडक बत्तीहरु बिग्रीएकाले रातको समयमा समस्या आउने गरेको स्थानीयहरुले गुनासो गरेका छन ।

 

प्रतिकृया दिनुहोस