जाडो याम सुरु , स्वास्थ्यको विशेष ख्याल गर्न चिकीत्सकको सुझाव

सुखड कार्तिक ३०
जाडो यामको सुरुवात भइसकेको छ ।बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ। चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ । जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । तर, केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै रोगहरूबाट सहजै बच्न सकिन्छ । चिसाको कारण हुने रोगको प्रकोप फैलिन सकने देखिएको छ । चिसो मौसममा दम, रुघाखोकी, ज्वरो, निमोनियाको प्रकोप फैलिने गर्दछ ।चिसोबाट वृद्धवृद्धा र बालबालिका बढी जोखिममा पर्ने भएकाले चिसोबाट बच्न र बचाउन घोडाघोडी अस्पताल सुखडका डा. खेम चौधरीले बताउनु भयो ।जाडोयाममा बाहिर निस्कँदा सकेसम्म शरीर पूरै ढाक्ने खालका लुगा लगाउपर्ने सुझाव चिकीत्सकको रहेको छ ।

 

प्रतिकृया दिनुहोस