वन संरक्षण गर्न सके सुदुरपश्चीम प्रदेश समृद प्रदेश बन्छ : उधोग पर्यटन,बन तथा वातावरण मन्त्री माया भट्ट 

सुखड मंसिर ०३ 
सुदुरपश्चिम प्रदेश समृद सुखी प्रदेश बन्नका लागि वन जंगलको सदुपयोग गर्न जरुरी रहेको उधोग पर्यटन,बन तथा वातावरण मन्त्री माया भट्टले बताउनु भयो । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरमा रहेको डिभिजन वन कार्यालयको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भट्टले यस्तो बताउनु भएको हो ।उहाले मन्तब्यको क्रममा संघिय संरचना अनुसार जनतालाई नजिकवाट सेवा दिने उद्देश्यले कैलाली को धनगढीमा रहेको डिभिजनकार्यालयवाट मात्र सम्भव नभएकोले पहलमानपुरमा थप डिभिजन वन कार्यालय स्थापना गरिएको वताउनु भयो ।अरु प्रदेश भन्दा वनजंगल जडिवुटी,जलस्रोतले यो प्रदेश धनीरहेकोले यसको सहि सदुपयोग गर्दै सवैको साथ र सहयोगवाट समृद प्रदेश बन्ने उहाले बताउनु भयो् । कर्मचारी र जनप्रतिनिधि एक सिक्काका दुई पाटा भएकाले दुवैले एकअर्कालाई सहयोग र समन्वय गरेर अगाडी वढ्नु पर्ने समेत उहाले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि वनमन्त्रालयका सचिव मेघनाथ काफ्ले ले वनजंगल संरक्षण गर्दै वातावरण मैत्रि निर्माण कार्यमा मन्त्रालयवाट कुनै रोकावट नहुने वताउनु भयो ।साथै उहाले उधमशिलता र रोजगारिको सृजना गदै समृद्धीको आधार वन भएकोले वैज्ञानिक वन वनाई संरक्षणगर्नु सवैको दायित्व रहेको  वताउनु भयो  ।कार्यक्रममा वोल्दै सुदुरपश्चीम प्रदेश सभासद अमर बहादुर साउदले स्थानियलाई नजिक बाट सेवा प्रदान गर्न १सय ३ जना जनशक्तीको व्यवस्था सहि तबन डिभिजन कार्यालय पहलमानपुरमा स्थापना भएको बताउनु भयो ।यस्तै प्रदेश सभाका अर्का सदश्य रतन थापाले देशमा तिन तहको सरकार बने पनी जनताले चाहेको काम गर्न नसकेको बताउनु भयो ।बोलेर मात्र केही नहुने बताउदै उहाले गरेर दखाउनु पर्नेमा जोड दिनु भयो ।कार्यक्रममा वोल्दै घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरीले तिनै सरकारको साझा हकमा रहेको बन प्रदेर र सघिय सरकारले स्थानिय तहलाई छुटाई एकल ढंगले अगाडी बढेको भन्दै आपत्ती जनाउनु भयो ।स्थानिय तहको अधिकार र बजेट काट्ने चलखेल भइरहेको बताउदै उहाले संघर्षमा उत्रिने चेतावनी दिनु भयो ।साथै उहाले घोडाघोडी नगरभित्रका सामुदायिक बनहरुलाई उत्पादन मुखी बनाउने दावी समेत गर्नु भयो ।जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्य वहादुर थापाको सभाअध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद अमर साउद, रतन थापा,घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधर्री, प्रदेश वन निर्देशक नवराज काफ्ले,सामुदायिक  वन महासंघ जिल्ला अध्यक्ष कर्ण रावल ,डल्फिन संरक्षक विजयराज श्रेष्ट लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य राख्दै डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख दिपक ज्ञवालीले डिभिजन वन कार्यालयको कार्यक्षेत्र र यस क्षेत्रभित्रका बनजंगलको अवस्थाको वारेमा जानकारि गराउनु भएको थियो ।

 

प्रतिकृया दिनुहोस