लम्की महोत्सव २०७५ को तयारी तिब्र ÷आज देखि तिन दिन बाकी÷ महोत्सव सफल पार्न सबै लाग्नु पर्नेमा महोत्सव सचिवालयको सबैमा आग्रह ।

लोक बहादुर देउबा मंसिर १० लम्की

कैलालीको लम्कीमा हुने लम्की सांगितिक महोत्सव २०७५ आउन ३ दिन बाकीँ रहदाँ तयारी तिब्र पारीएको छ । ” स्वाथ्य, शिक्षा, सुचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज लम्कीको आयोजनामा यहि मंसिर १३ गते देखि २२ गते सम्म लम्की सांगीतिक महोत्सव २०७५” हुदै छ । कार्यक्रममा आउने राष्ट्रिय कलाकारहरुको टुङ्गगो लागी सकेको साँस्कृतिक व्यावस्थापन तथा सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्र्धक निर्देशक युवराज न्यौपानेले बताउनु भयो । कार्यक्रममा चर्चित उद्धोषिका रुपा घर्ति मगर, उमा देबी खनाल, गायकहरु प्रकाश सपुत ,गायक तथा मोडल दुर्गेश थापा,भुवन भट्टराई, गोपाल नेपाल जि एम, चक्र बम, देउडा गायक लाल बहादुर धामी, नबिन पौड्ेल, रमेश राज भट्टराई, डम्मर बिक, सुनिल नार्गजी, गायिकाहरु शान्ती श्री परियार, मेलिना राई, टीका प्रसाई, पुर्ण कला बिसि, रेखा जोसी, रिता केसी, हाउडे माया सिर्जना खत्री,हिमानी ढुङ्गेल, हास्य ब्यङ्गय कलाकार दिपेन्द्र ओली, पाडे, जिक्रि लगायतका स्थानीय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ । महोत्सबको मुख्य प्रबद्र्धकमा लम्की चुहा नगरपालिका रहेको छ भने मुख्य प्रायोजकमा देउती गुप्र रहेको छ । स्टल व्यावस्थापनको कार्य पनी अन्तिम चरणमा पुगी सकेको र धामाधम स्टल बुकिङ्ग भईरहेको स्टल व्यावस्थापन संयोजक मोहोन वुढाथोकिले जानकारी दिनु भयो । महोत्सवमा करीब १ सय देखि १ सय ५० सम्म बिभिन्न ब्यावसायिक तथा ब्यापारीक एव्म कलासंस्कृति झल्कने स्टलहरु रहने आयोजक मुल समितिले जनाएको छ । टिकट तथा छपाई कार्य पनि सकिएको तथा टिकट धमाधम बिक्रि भईरहेको टिकट तथा छपाई संयोजक मनिष न्यौपाने जानकारी दिनु भयो । महोत्सव अवलोकनको लागि प्रतिव्यक्ति ५० रुपैया टीकट र्निधारण गरीएको छ , भने विद्यार्थी, जेष्ठ नागरीक र अपाङ्गका लागी ४० रुपैयाको टिकट र्निधारण गरीएको छ । सिजनल टिकटको लागि प्रति टिकट रु. ३ सय रुपैया निर्धारण गरीएको छ । सिजनल टिकट लिन चाहाने इच्छुक ब्यक्तिले सामुदायिक रेडियो पश्चिम आवाजको महोत्सव सचिवालयमा आई लिन सक्ने ब्यवस्था मिलाईएको छ । प्रचार प्रसार तथा मञ्च ब्यावस्थापनको काम देखी लिएर बिभिन्न सञ्चार माध्यम मिडिया पत्रपत्रिमा बिज्ञापन दिईसकेको, गाउँ घर ,सहरबजारमा व्यापक प्रचार प्रसार भईरहेको प्रचार प्रसार तथा मञ्च ब्यावस्थापन संयोजक लिला प्रजापती जानकारी दिनु भयो । लम्की चुहा नगरपालिका १ टिकापुर रोड जानेबाटोमा स्वागत गेट निमार्ण भईसकेको र अन्य ठाउँहरमा निमार्ण हुन लागेको बताईएको छ । सरसफाईको काम जारी रहेको मनोज वोहोराले जानकारी दिनु भयो । १० दिन सम्म सञ्चालन गरीने महोत्सवमा रमाइलो मेला ,बाल उधान, स्थानिय कृषि उत्पादन प्रदर्शनी, ब्यावसायिक सामग्रीहरुको प्रदर्शनी, जनजाती तथा आदिवासी समुदायको रहनसहन भेषभुषाको प्रस्तुति, स्थानिय स्तरमा निर्माण गरिएका हस्तकला सम्बन्धी सामग्रीहरुको प्रदर्शनी, कृषि विज्ञहरुबाट किसानहरुलाई तालिमको व्यवस्था , साना उद्योगह्ररुबाट महोत्सव स्थलमा उत्पादनको नमुना, सिपमुलक व्यवसाय सम्बन्धी परामर्स लिन पाईनेका साथै राष्ट्रिय तथा स्थानिय कला प्रस्तुति रहने महोत्सवका सचिवालय निर्देशक दिपक कुमार तिमिल्सैनाले बताउनु भयो । यस महोत्सवलाई करिब ३ लाख देखी ४ लाख सम्म अवलोकन कर्ताहरुले अवलोकन गर्ने अनुमान रहेको निर्देशक तिमिल्सैनाले महोत्सव बाट बचत भएको रकम यस क्षेत्रमा रहेको सार्बजनीक सम्पती सामुदायिक रेडियोको स्तरउन्नतीका साथै सामाजिक उतरदायित्व अन्तरगत केहि संस्कृति संरक्षण र शिक्षा क्षेत्रमा समेत सहयोग गर्ने महोत्सवको उद्देश्य रहेको छ । महोत्सवमा कैलाली, कंचनपुर, डडेल्धुरा, बर्दिया, बा“के, सुर्खेत, अछाम लगायत भारतको उत्तर प्रदेश र उत्तराञ्चल राज्यका स्थानिय, किसान, व्यपारी, व्यावसायी, विद्यार्थी, लगायत विभिन्न संघ संस्था तथा अनुसन्धान कर्ताहरुको सहभागीता रहने छ । मिडिया क्षेत्रको विकासका लागि एक सञ्चार माध्यामले आयोजना गरीएको महोत्सव सफल भए यस क्षेत्रका सबै सञ्चारकर्मि तथा आम समुदायको विकास हुने बताउदै महोत्सवमा सबैले सक्दो रुपमा सहयोग गरी दिन समेत सबैमा आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस