दार्चुलामा एनआईबीलको नयाँ शाखा

मंसिर १३  काठमाडौं

 नेपाल इन्भेष्टमेण्ट बैंकले दार्चुलामा शाखा विस्तार गरेको छ । प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८औं शाखा विस्तार गरेको हो बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ ।सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अतिविकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या बसोबास गर्छन् । तिङ्कार सडकखण्ड अन्तर्गत दुहुका स्थानीयको मुख्य पेशा जडीबुटी हो । बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक एक मात्र बैंक रहेको जनाएको छ ।नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको १ सय ७ वटा एटीएम पुगेको छ । बैंकको सञ्जालमा भिसा तथा एनपीएन सदस्य बैंकका १ हजार बढी एटीएम रहेका छन भने ३ हजार बढी पस टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजस्व संकलन केन्द्र छन । यूरोमनि अवार्ड– ‘उत्कृष्ट बैंक नेपाल– २०१८’ जितेको बैंकले ५ पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेकोे छ ।

प्रतिकृया दिनुहोस