पाँच कक्षा पड्दै गर्दाको प्रेम,तिन छोरा हुदा थपीएकी सौताको पिडा र महिला अधिकारकर्मीले दिलाएको न्याय

जीवन बिष्ट, सुखड मंसिर १४
घोडाघोडी नगरपालीका वडा नं. १२ कोटाकी फुलमाया डगौराको बिहे भएको २३ वर्ष पुरा भएको छ ।२०५२ सालमा १३ बर्षको उमेरमै ५ कक्षामा पड्दा पड्दै घोडाघोडी नगरपालीका ७ करैचाका श्रवण डगौरा सँग प्रेम मा परीन् ।कक्षा ५ को वोर्ड परीक्षा दिन कोटा बाट हरीनगर पुगेकी फुलमाया श्रवणको जालमा परीन् ।केही समय पछी फुलमायाको अन्तत श्रवण सँगै विवाह भयो ।आफुले माया गरेकै मान्छे सँग वैवाहिक जिवनमा बाँधिन पाउदा खुसीले दंगै थिइन फुलमाया,नव विवाहीत जोडी,एकले अर्कालाई औधी माया गर्न थाले बिवाह भएको केही समयपछी परीवारमा झन खुसी थपीयो, फुलमाया र श्रवणको मायाको चिनारी प्राण प्यारो पहिलो सन्तान प्राप्त भयो ।परिवारमा पहिलो सन्तान प्राप्ती पछी श्रवणले  अझ माया बढाए । फुलमायाको हेरचाह धेरै गर्न थाले त्यसको ठिक २ वर्ष पछी परिवारमा अर्काे सन्तान प्राप्त भयो । फुलमायाको दाम्पत्य जिवन सुखमय बित्दै थियो केही समय पछी परिवारमा तेस्रो सन्तानको आवागमन भयो ।परिवारको संख्या बढेसँग आर्थिक स्थीती कमजोर बन्दै गयो घरमा ३ सन्तान,आमा वुवा र आफ्नी जिवन संगेनीको जिम्मेवारी श्रवणको काँधमा थपियो ।बिस्तारै बिस्तारै श्रवणले माया घटाउन थाले,जिवन संगिनी फुलमाया सँग सरसल्लाह गर्नै छोडे, घरमा पनी सासु ससुराले रिस गर्न थाले,छोराले मागी विवाह नगरी प्रेम विवाह गरेको प्रती आमा वुवाको चित्त बुझेको थिएन् ।सासु ससुराले रिस गरे पनी जिवन साथीको मायाले फुलमायालाई दुःखको महशुस भएको थिएन ।घरमा श्रिमानले पनी सरसल्ला गर्न छोडेपछी मायालाई कता कता नरमाइलो लाग्न थाल्यो । श्रवणले व्यापार गर्छु भन्दै श्रिमती,घरपरीवार कसै सँग पनी सर सल्लाह नगरी बैङ्कंबाट ३० लाख ऋण लगी धानको गल्लाको व्यापार थाले ।व्यापार पनी फस्टाउदै गएको देख्दा फुलमायाले फेरी दुःख भुली श्रिमानलाई सघाउन थालिन,व्यापार सुरु गरेको केही समय पछी फुलमाया करैचा घरमा र श्रिमान श्रवण हरीनगर बस्न थाले, श्रवणले बिस्तारै घर जानै छोडे,गाँउले हरुले तेरो श्रिमानको अर्काै केटी सँग अनैतिक सम्वन्ध छ भनेर  कुरा लगाई फुलमायाको कान भर्न थाले तर पनी फुलमायाले पत्याइनन् ।प्रविणको मायाको अगाडी गाँलेका अविश्वासीला कुराहरुले जित्न सकेनन् ।त्यसको केही समय पछी साझको खाना लगेर फुलमाया हरीनगर तिर लागिन,छिमेकीका कुरा नसुनेर श्रिमानलाई औधी बिश्वास गरेकी फुलमाया आँफनै आखाले श्रिमानको चर्तिकला देख्दा मरे तुल्य भइन् ।२० बर्ष सम्मको बिस्वास टिकेन । फुलमाया पुग्दा कोठा वन्द थियो ।कोटा भित्र श्रवण र अर्की केटी देख्दा सहन निकै  गाहे भयो उनलाई त्यहा वाट रुदै घर फर्किन उनी ।श्रिमानको यस्तो चर्तिकला देख्दा  वाच्न आस मर्याे उनको तर ति प्राण प्यारा तिन सन्तानको मायाले मर्न आत्महत्या गर्न पनी दिएन् ।बाँचुन्जेल एक अर्काको मायामा हराई सुखका साथ जिवन बिताउने सपना उनको चक्ना चुर भयो ।श्रिमानको अनैतिक सम्वन्धका कारण घरमा अशान्ती मच्चीयो,घर झगडा बड्न थाल्यो ।दिनानु दिन फुलमाया कुटीन थालिन् ।श्रिमानको माग थियो म घरमा अर्की श्रिमती पनी ल्याउछु तर मायाले यो कुराको अस्वीकार गरीरहन् ।के को कमी छर हाम्रो परिवारमा, तिन सन्तान छन् ,व्यापार राम्रो भएको छ,माया मैले आफुभन्दा बढी हजुरलाई गरीनै रहेकी छु  अनि किन गर्नु पर्याे र हजुर ले अर्काे बिहे ? फुलमायाले भनीन् ।साउनमा आँखा फुटेको गोरुले सधै हरीयो देख्छ भने झै कहा मान्थो श्रवणले उसको आँखामा त कोही अरुनै वारम्वार आइरहेको छ ।उनले फुलमायालाई झपारे मैले बिहे गर्न खोजेको पढेलेखेकी  छ ,त त लाटी छेस केही जान्दैनस् उनले यसरी नै भने ।जवाफमा फुलमायाले भनीन मलाई १३ बर्षको उमेरमा ल्याएर जिन्दगी बवार्द किन गर्दै हुनुहुन्छ । फुलमायाको एउटै अडान थियो म सौतामा बस्दीन् ।घर झगडाले ठुलो रुप लिदै गयो ।दिनहु श्रिमान वाट फुलमाया कुटीरहीन् ।केही समय पछी फुलमायाले श्रिमान सँग सम्वन्ध रहेकी केटीको फोन नम्वर पत्ता लगाई  फोन गरीन् ।
फुलमायाले भनीन् ।
फुलमाया : कहा पर्याे ?
केटी : टिकापुर 
फुलमाया :  को बोल्नु भएको ?
केटी : किन किन के अरे ?
फुलमाया :  नाई मेरो श्रीमान सँग तपाई किन फोन गर्नु हुन्छ ।मेरो घर किन बिगार्न चाहानु हुन्छ ?तपाईको र मेरो दुवैको भविष्य बिग्रन्छ ।मेरो त बिवाह भएको पनी २१ बर्ष पुग्न लाग्यो तिन छोरा छन् ।यो उमेरमा म कहा जाँउ बरु तपाई पनी मेरो श्रिमानका पछी नलाग्नु अरु कसैलाई हेर्नु ।
केटी :  नाई तेरै श्रिमान सँग आउछु ।तेरो श्रिमान कहा हो र मरो श्रिमान हो मेरो ।


               फुलमायाले फोन गरेको थाहा पाए पछी श्रवणले मायालाई बेस्सरी कुटपिट गरे । फुलमाया माथी कुटपीट सँगै घरमा विभीन्न सामान फुटाए श्रवणले ।बञ्चरो ल्याएर फुलमायालाई मार्न सम्म पछी परेनन् ।त्यहाबाट बचेर प्रहरीको सरणमा पुगीन उनी ,इलाका प्रहरी कार्यालय सुखडमा पुग्दा प्रहरीले पनी साथ दिएनन् उनलाई ।प्रहरी पनी श्रिमान सँग मिलको आभास भयो फुलमायालाई ।उनी त्यहा वाट पनी रुँदै रुँदै घर फर्किन 
घरमा पुग्दा श्रिमान श्रवणले भने
श्रवण : कहाँ वाट आइस् प्रहरीको मा गएर ।हाँ हाँ हाँ तैले जती उजुरी दिने गरे पनी तरो उजुरी दर्ता हुदैन ।
फुलमाया : किन लाग्दैन 
श्रवण : प्रहरी कार्यालयमा मैले २ लाख दिएको छु ।मलाई कहा समाउछर ।कही बाट म जेल परे पनी १ महिना पनी बस्दीन् ।
नभन्दै श्रवणले भने जस्तै मुद्धा दर्ता गर्न आउदा प्रमाणनै छैन भनेर प्रहरीले फुलमाया लाई फर्काइ रहे ।प्रहरी कार्यालयमा  पाँच छ पटक गुहारको लागी पुग्दा पनी कुनै सुनुवाई नभए पनी नगरपालीका धाइन फुलमाया तर पनी न्यायको आभास भएन उनलाई अन्तत गत भाद्र १३ गते फुलमाया माथी सौता हालेरै छोडे श्रवणले ।सौता ल्याए पछी फुलमायाले भनीन् ।
फुलमाया .:  म सौतामा बस्न सक्दीन ।यती ठुलो छोराहरु छन् म सक्दीन् ।
श्रवणः म हिस्साँ दिन्छु तिमीलाई 
फुलमाया : म लिदैन मलाई तपाई सँगै बस्नु छ सौता सँग बस्न सक्दीन श्रीमान पनी छोड्न सक्दीन् ।


        श्रवण फुलमायाको कुरामा सहमत जस्तो भए फेरी त्यसको केही समयमा अर्की श्रिमतीको कुरा सुनेर फुलमाया लाई श्रवणले नराम्ररी कुटे ।फुलमायाको शरिरमा गहिरो चोट लाग्यो ।फेरी रुँदै रुँदै न्यायको लागी प्रहरी कार्यालय फेरी धाइन केही उपाय लागेन त्यसपछी उनी फेरी घोडाघोडी नगरपालीका तिर लागीन् ।
संयोगवस् नगरपालीकामा महिला अधिकार कर्मी सावित्रा आचार्य सँग भेट भयो ।आँखामा ठलो चोट झन त्यसै माथी कपडा च्यातीएको देखेर महिला अधिकारकर्मी सावित्रा आचार्य आफै फुलमाया सँग वोल्नु भयो ।


सावित्रा :  के भयो बहिनी  ? कहा बाट आएको ?तिम्रो नाम केहो ?
फुलमाया : मेरो नाम फुलमाया देवी डगौरा हो  मेरो नाम ।
सावित्रा : यस्तो पिडीत छौ यस्तो कसरी भयो ?
फुलमाया : मेरो श्रिमानले म माथी सौता हालको छ ,रात दिन कुटपिट गर्छ ।
सावित्रा : फुलमाया बहिनी तपाईको के ईच्छा छ ?
फुलमाया :  दिदी मेरो विवाह भएको २२ बर्ष पुग्यो ३ छोरो छन् ।यस्तो अवस्थामा म श्रिमान छोड्न सक्दीन् र सौता सँग पनी बस्न सक्दीन् ।
सावित्रा :  सौता कँहा छ ? 
फुलमाया :  खै राती राती आउछे बिहान गैहाल्छे ?
सावित्रा : हुन्छ बहिनी तिमी सौता र श्रिमान घरमा भएको बेला फोन गर म प्रहरी लिएर आउछु ।
फुलमाया :  हुन्छ दिदी ।
महिला अधिकारकर्मी सावित्रा आचार्यकै पहलमा फुलमायाका श्रिमान श्रवण डगौरा पक्राउ परे भने सौता फरार छिन् उनी बाट एक छोरी छिन् ।श्रवण २०७५ चैत्रको महिना पक्राउ परे सँगै प्रहरीलाई फुलमायाले भनीन ः
फुलमाया :  तिमीहरले घुस खाएका छौ तिमीहरुलाई मे छोडने वाला छैन् ।
प्रहरी : को ले भने यस्तो ?
फुलमाया : श्रवण आफैले,मेरो श्रिमान ले भनेको छ मलाई तिमीहरुलाई २ लाख दिएको छु भनेर यसले जाँड खाँएर आफै आएर भनेको छ ।
                                   

                                फुलमायाले ले भन्नु भयो प्रहरी,नगरपालीका कसैले सहयोग नगरेको बेला  सावित्रा दिदीले मेरो घाँउमा मल्लम लगाउनु भएको छ ।उहाकै कारण मैले न्यायको महसुुस गरेकी छु ।
हाल फुलमायाका श्रिमान श्रवण बहुविवाह र मंहिला हिंसा सम्वन्धी मुद्धामा जेल जिवन बिताइरहेका छन् भने यता फुलमायाको अवस्था नाजुक वनेको छ ।विभीन्न संघ संस्था बाट सहयोग स्वरुप प्राप्त तिन बाख्रा र १ बंगुर पालीरहेकी छिन् ।तिन छोराको पढाई खर्च जुटाउन उनलाई धौ धौ भएको छ ।१ बिगाहा जग्गा बैङ्कमा धितो राखेर ऋण निकाली कान्छी श्रिमती लाई श्रवणले दिए अहिले फुलमाया सँग कुनै सम्पत्ती छैन साँझ विहान के खाने र छोराहरुलाई कसरी पढाउने भन्ने चिन्ताले उनलाई पिरोली रहको छ ।कहीने छिमेकी त कहीले माइतीको सहयोग पाइरहेकी फुलमायाले छोराहरुको भविष्यको लागी निकै चिन्तीत छिन् ।जेलबाट छुटेपछी अझ आफुमाथी उसले कुटपिट गर्छकी भन्ने चिन्ताले बेला बोलामा सताइरहन्छ फुलमाया लाई ,उनले निकै भावुक हुदै भनिन् श्रिमानले मरो विश्वास नगरी म माथी सौता हाले मैले पनी उसको बिश्वास नगरी जेल पुर्र्याए हेरौ कँहा सम्म चल्छ जिन्दगी । जिवनमा घटेको यस्तो घटनाले फुलमाया बिछिप्त छिन् ।उनले भनीन् मान्छेहरुले श्रिमान बित्तेपछी बिधुवा भक्ता पाउछन् मेरो पनी श्रिमान बिते सरह हो मलाई पनी सहयोगको खाँचो छ ।

प्रतिकृया दिनुहोस