वडाको बजेट छुट्याएर वडाअध्यक्षले किनिदिए युवाहरुलाई क्यारमबोर्ड

बाँके १६  मंसिर

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ११ ले क्यारमबोर्ड खरिद गरी वितरण गरेको छ ।क्यारमबोर्ड खरिदका लागि एकलाख रुपैयाँ बजेट छुट्टाइएको जानकारी दिँदै वडा अध्यक्ष उज्जवलसिंह राठौंरले अहिलेसम्म चारवटा टोलमा क्यारमबोर्ड वितरण गरिएको बताउनुभयो । नाम नबताउने शर्तमा एकजना वडासदस्यले युवाहरुलाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको बताउनुभयो ।क्यारमबोर्ड खेलमा ठूलो जुवा समेत हुने गरेको भन्दै प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ । वडाको बजेटबाट नयाँ क्यारमबोर्ड पाएपछि क्यारम खेल्ने युवाहरु खुशी भए पनि अधिकांशले सरकारी बजेटको दुरुपयोग भएका दाबी गरेका छन् ।अधिकारकर्मी प्रकाश उपाध्यायले वडाको बजेटबाट क्यारमबोर्ड खरिद गरी वितरण गर्नु स्थानीय सरकारकै लागि गलत ट्रेन्ड हुने बताउनुभयो । 

प्रतिकृया दिनुहोस