द भ्वाइस अफ नेपालको फिनाले कतारमा हुँदै

दोहा, १६ मंसिर

द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुने भएको छ।आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुने  र सोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो ।आयोजक प्रवीण गुरुङ एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुन् भने, अर्का आयोजक डिल्लीकला थपलीया ब्यवसायी हुन् । त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आइसीसी सदस्य हुन् ।फिनाले कार्यक्रकको विषयलाई लिएर आयोजकले कतारस्थित विभिन्न संघसस्थाका पदाधिकारीसँग छलफल थालिएको आयोजक एंव एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए।

प्रतिकृया दिनुहोस