टेलिकमको टेलिफोनमा समस्या

काठमाडौं   १६ मङि्सर 

नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) को मोबाइल सेवामा समस्या आएको छ। लतिलतपुरको जावलाखेलबाट सुन्धारा आउने अप्टीकल ब्रेक भएकाले मोबाइल टेलिफोन सेवामा समस्या आएको टेलिकम स्रोतले जनाएको छ। 'यो समस्या करिब दुई बजेबाट देखिएको हो', स्रोतले भन्यो, ' जावलाखेलबाट सुन्धारा जोडिने फाइबर ब्रेक भएकाले समस्या आएको छ।' यसको समधानका लागि अहिले काम भइरहेको टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले बताए। 'समस्याको मूख्य कारण के हो भन्ने आधिकारिक सूचना आएको छैन', अधिकारी भन्छन्, 'अहिले टेक्निकल टीम यसमा लागिरहेको र चाँडै समस्या समधान हुनेछ।'

प्रतिकृया दिनुहोस