लिंङ्गेश्वर धाम सुदुरपश्चीम प्रदेशकै मुख्य पर्यटकीय क्षेत्र बन्छ : बेतकोट नगर प्रमुख असोक कुमार चन्द

जीवन बिष्ट कञ्चनपुर ,मंसिर १६
कञ्चनपुरको बेतकोट नगरपालीका वडा नम्वर ४ मा अवस्थीत लिंङ्गेश्वर धामलाई सुदुरपश्चीम प्रदेशकै मुख्य पर्यटकिय क्षेत्र बनाउने बेतकोट नगरपालीकाका नगर प्रमुख असोक कुमार चन्दले बताउनु भएको छ ।स्थानिय तहको निवार्चन पछीनै लिंङ्गा क्षेत्रमा भौतीक पूर्वाधारको बिकास सुरु भएको बताउदै उहाले अवको ३ बर्ष भित्रै लिंङ्गा क्षेत्रलाई सुदुरपश्चीम प्रदेशको मुख्य गन्तव्य बनाउने दावी गर्नु भयो ।एक बर्षको अवधीमै लिंङ्गा क्षेत्रमा बाटो निमार्ण,गेट निमार्ण,नदी कटान रोक्न तटवन्दको व्यवस्था,विभीन्न खाले मन्दीर निमार्ण,खानेपानी,सौचालय निमार्ण तथा लिंङ्गेश्वर धामको संरक्षण सम्वद्र्धनको लागी बाउन्डी निमार्ण गरीसको बताउनु भयो ।साथै उहाले चालु आर्थिक बर्षमा बस तथा मोटर साईकल पार्किङ्ग ,विभीन्न होटल तथा पक्की सकड निमार्ण,धाम क्षेत्रमै झोलुङ्गे पुल निमार्ण भइसक्ने दावी गर्नु भयो । बेतकोट नगरपालीकालाई सुदुरपश्चीम प्रदेशको प्रमुख गन्तव्य बनाउनको लागी  नगरसभाबाट लिंङ्गेश्वर धाम र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकिय सास्कृतीक क्षेत्र घोषणा गरेको बताउनु भयो ।लिंङ्गेश्वर धाममा एकै दिनमा २ हजार सम्म पर्यटकहरु आउने गरेको बताउदै उहाले सुदुरपश्चीमका अन्य कुनैपनी पर्यटकिय क्षेत्रमा पनीको संख्यामा पर्यटकहरु नआउने गरेको दावी गर्नु भयो ।
 

प्रतिकृया दिनुहोस