पुलिसलाई २–१ ले हराउँदै संकटा लिग तालिकाकाे दाेस्राे स्थानमा उक्लियाे

१८ मसिंर 

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा आएको हो ।पहिलो हाफमै संकटाले २ गोल गर्दा पुलिसले १ गोल गरेको थियो । दोस्रो हाफमा थप गोल नभएपछि संकटा २–१ गोल अन्तरले विजयी हुन सफल भयो ।  ६ मध्ये ५ खेल जित्दै १५ अंक पुर्याएको संकटा भन्दा १ खेल कम खेले पनि मनाङ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । पहिलो हाफको छैटौं मिनेटमा पुलिसका भोला सिलवालले गरेको प्रहार संकटाका किपर  राजाबाबु थापाले बचाएका थिए । २०औं मिनेटमा अभिषेक रिजालको प्रयास पनि संकटाले विफल पारेको थियो । तर २९ औं मिनेटमा संकटाका सरोज दाहालले हेडर गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।१ गोलले पछि परेको पुलिसमाथि ३१औं मिनेटमा नोर्वेक केड्रिकको प्रहार बाहिरिएको थियो ।इलियन म्याक्सवेलको पासमा दीपेस आले मगरले गोल गर्दै  संकटालाई २–० को अवस्थामा पुर्याए । २–० ले पछि परेको पुलिसले ३९ औं मिनेटमा  १ गोल फर्काएको थियो ।  रविशंकर पासवानले गोल गर्दैै संकटासँगको पुलिसको दूरी २–१ मा झारेका थिए । दोस्रो हाफमा दुवै पक्षबाट थप गोल नभए पछि संकटा २–१ गोल अन्तरले विजयी हुन सफल भयो ।

प्रतिकृया दिनुहोस