तदर्थ समिती खारेजीको माग राख्दै बुलबुले बहुखुखी क्याम्पसमा अनिश्तिकालिन तालाबन्दी

जीवन बिष्ट मसिंर १९ सुखड

कैलालीको घोडाघोडी नगरपालीका १० पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसको तदर्थ समितीले नियम बिपरित क्याम्पस प्रमुख लगायत केही शिक्षक नियुक्त गरेको छ ।तदर्थ समिती अध्यक्ष देब बहादुर बमको अध्यक्षतामा मंसीर १७ गते बैसेको बैठकले त्रिभुवन बिश्व बिद्यालयको नियम र क्याम्पसको बिद्यान बिपरित क्याम्पस प्रमुख र पूर्ण कालिन शिक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।गत सोमवान बसेको बैठकले क्याम्पस प्रमुखमा शिक्षीका पार्वती जोशी र पूर्णकालीन शिक्षकमा व्यवस्थापन संकाय तर्फ राहुल पनाडी,शिक्षा शास्त्र संकाय अग्रेजी तर्फ युवराज बम र शिक्षा शास्त्र संकाय स्वास्थ्य शिक्षा तर्फ पावर्ती जोशीलाई नियुक्त गरेको छ ।यस्तै क्याम्पसको आशिंक शिक्षकका रुपमा शिक्षा शास्त्र संकाय अग्रेजी तर्फ पुष्कल जोशी,व्यवस्थापन तर्फ उपेन्द्र जोशी,केशव सिंह ऐरी,सुरेश बहादुर सिंद्ध,शिक्षाशास्त्र तर्फ  केशवराज जोशी र महादेव अवस्थीलाई नियुक्त गरेको छ ।तदर्थ समितीलाई  छ महिना भित्र बैधानिकता दिइ साधारण सभा गरीसक्नु पर्ने भएता पनी छ बर्ष सम्म पनी क्याम्पस तदर्थ समितीले सञ्चालन गरीरहेको छ ।हाल सम्म बिद्यालयको साधारण सभा तथा सार्वजनिक सुनुवाई हुन सकेको छैन् ।

तदर्थ समिती र बिद्यालय प्रशासन बिच आरोप प्रत्यारोप

क्यामपसको सञ्चालक समितीलाई बैधानिकता दिइ साधारण सभा गराउन पटक पटक पहल गर्दा पनी कुनै सुनुवाई नभएको क्याम्पसका निमित्त क्याम्पस प्रमुख ज्योती प्रकास जोशीले बताउनु भयो । बिद्यालयको महत्वपुर्ण निणर्य गर्दा बैधानिक हुन जरुरी रहेको बताउदै उहाले तदर्थ समितीले कानुनी आधारनै अवलम्वन नगरी,योग्यता,प्रतिस्प्रधा,अनुभव र योगदानको कुनै कदर नगरी हचुवाको भरमा निर्णय गरेको आरोप लगाउनु भयो ।क्याम्पसको वैद्यानिक सञ्चालक समिती निमार्ण गरी सार्वजनिक सुनुवाई गर्न माग गरी क्याम्पस प्रशासनमा तालावन्दी गर्दा पनी तदर्थ समितीले कुनै चासो नदिएको आरोप लगाउनु भयो ।समितीलाई वैधानिकता दिइ सार्वजनिक सुनुवाई गर्ने पटक पटक सहमती भए पनी तदर्थ समितीका केही पदाधिकारीहरुले आफ्नो पद गुम्ने डरले अराजग गतीविधी सञ्चालन गरिरहेको आरोप लगाउनु भयो ।

यता

क्याम्पस सञ्चालक तदर्थ समिती अध्यक्ष देब बहादुर बलमे भने सञ्चालक समितीले नियम बिपरीत निर्णय नगरेको दावी गर्नु भयो ।क्याम्पस प्रमुख नृप बहादुर बोगटीले राजिनामा मागेपछी क्याम्पस प्रमुख र केही पूर्णकालीन तथा आशिंक  शिक्षक नियुक्त गरीएको उहाले जिकीर गर्नु भयो ।क्याम्पस सञ्चालन समिती निमार्णको लागी सदश्यता लिई अथवा अभिभावकहरुले समिती चयन गर्ने बिद्यानमा नियम भए बिद्यालय प्रशासनको लापरवाहीका कारण हाल सम्म समिती निमार्ण तथा सार्वजनिक सुनुवाई हुन नसकेको उहाले बताउनु भयो ।क्याम्पस प्रमुख लगाएत केही शिक्षक पदपूर्ती गर्ने समितीको पूर्व निर्णय अनुसारनै न्युक्ती गरीएको उहाले दावी गर्नु भयो ।साथै उहाले केही व्यक्तीहरुले आफ्नो व्यक्तीगत स्वार्थ पुरा नहुदा बिरोधमा उत्रिएको बताउनु भयो ।उहाले भन्नु भयो तदर्थ समितीले क्याम्पस सञ्चालन गरेको ६ वर्ष भयो अहिले बिरोध गर्नेहरु पनी समितीमै छन् अहिले सम्म किन बिरोध गरेनन् ?

 साथै उहाले मंसीर १७ गतेको बैठकमा त्रिभुवन बिश्व बिद्यालयको नियम र क्याम्पसको बिद्यान बमोजीम पूर्णकालिन शिक्षक नियुक्ती,क्याम्पस प्रमुखको नियुक्ती गर्दा गणपुरक संख्या नपुराई निर्णय गरेको आरोप प्रती उहाले आपत्ती जनाउनु भयो ।

क्याम्पसमा अनिश्तिकालिन तालाबन्दी, तदर्थ समिती खारेजीको माग

बिगत ६ बर्ष देखी क्याम्पसका हालीमुहाली रहेको तदर्थ समिती खारेजीको माग गर्दै नेपाल बिद्यार्थी संघ घोडाघोडीले अनिश्तिकालिन तालाबन्दी गरेको छ ।बिगत लामो समय देखी क्याम्पस तदर्थ समितीले बिद्यान बिपरित मनोमानी रुपमा निर्णय गरी क्याम्पसलाई दिर्घकालिन रुपमा असर पुर्याएको प्रती नेपाल बिद्यार्थि संघको गम्वीर ध्यानाकर्षण भएको ने.वी संघ घोडाघोडी नगर कमिटी संयोजक कलक जंग सिंहद्धारा हस्ताक्षर बिज्ञप्तीमा भनिएको छ ।पटक पटक क्याम्पसका बिद्यार्थि संघ÷संगठन तथा घोडाघोडी नगर प्रम्ुख ममता प्रसाद चौधरीको उपस्थीतीमा भएका विभीन्न निर्णयहरुलाई बे वास्ता गरी तदर्थ समितीका सदश्यहरुले आफ्नो व्यक्तीगत स्वार्थ परिपूर्तीका लागी बिद्यालयमा मनामानी रुपमा कर्मचारी न्युक्ती गरेको प्रती नेपाल बिद्यार्थि संगठनले आपत्ती जनाएको छ ।बिगत ६ बर्षदेखी तदर्थ समितीको हालीमुहालीका कारण क्यापस अस्त व्यस्त रहेकाले  तदर्थ समिति खारेज नभए सम्म तालावन्दी यथावत रहने बिज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस