एक दिने निशुल्क स्वास्थ्य शिबिर सुखडमा सम्पन्न 

वीरेन्द्र शाह सुखड १९ मसिंर
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । स्वयम सेबक दिवसको अवसर पारेर वृद्धा वृद्धिहरुलाई निशुल्क चेक जाचँ तथा परामर्श दिएको थियो । कारितास नेपालको आर्थिक सहयोग र वातावरण संरक्षण तथा विकाशिल समाज इकोड्स नेपालको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । निशुल्क स्वास्थ्य शिबिरमा ३० जना वृद्धा वृद्धिहरु सेवा लिएको वातावरण संरक्षण तथा विकाशिल समाज इकोड्स नेपालका अध्यक्ष शुनिल सापकोटा बताउनु भयो ।शिबिरमा प्रेसर,दम,छाती सम्बन्धी समस्या,दिर्घकालिन समस्या र स्वास्व प्रशास सम्बन्धी भएका बिरामी आएको डा.खेम राज चौधरीले बताउनु भयो । स्वयम सेवकको भुमिका घोडाघोडी अस्पताल प्रा.लिले निभाएको थियो ।

 

प्रतिकृया दिनुहोस