सनराइज बैंककोे स्वास्थय तथा दुर्घटना बीमा सुबिधा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंसिर १९ सुखड, कैलाली
सनराइज बैंक लिमिटेडकोे स्वास्थय तथा दुर्घटना बीमा र ईलेकट्टोनिकल बैकिङ्ग सुबिधाको सम्बन्धमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम आज घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ मा सम्पन्न भएको छ । सनराइज बैंक सुखड शाखाका प्रबन्धक सुरेन्द्र शाहिको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थय तथा दुर्घटना बीमाको २५ र ६ गरि ३१ प्रतिशत सम्मको फाईदा ब्यबस्था भएको जानकारी गराईएको थियो । ५ लाख सम्मको दुर्घटना बीमामा देशभरका १०० भन्दा बढी अस्पतालहरुमा स्वास्थय परिक्षण गराउदा खातावालले २० प्रतिशत सम्म छुट सुबिधा पाउनेबारे समेत कार्यक्रममा जानकारी गराईएको थियो । सुखडमा घोडाघोडी अस्पतालमा सो सेवा उपलब्ध हुने बताईएको छ ।  बैंकको स्वास्थय तथा दुर्घटना बीमा सञ्चालनको उदेश्य गरिरहेका काम लगायतका बिषयमा सनराइज बैंक केन्द्रिय कार्यालय बजारिकारण प्रमुख रबिना आचार्य र सुखड शाखाका मिनराज अबस्थीले प्रकाश पानुभएको थियो । सनराइज बैंक लिमिटेड धनगढी शाखाका प्रबन्धक धरम कुमार बिष्टले सञ्चालन गनुभएको कार्यक्रमा बिभिन्न सरोकारवाला ब्यक्तिहरु, बडघर भल्मन्सा, तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत घोडाघोडी नगरपालिकामा सुखड शाखाले बिभिन्न समयमा सामाजिक काम पनि गर्ने गरेको छ ।

 

प्रतिकृया दिनुहोस