सिकार खेल्न गएका एक व्यक्ति मृत फेला

कैलाली १९ मंसिर

कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारी–सीगाउँमा सिकार खेल्न गएका एक व्यक्ति मृतावस्थामा फेलापरेका छन् । अर्का एकजना बेपत्ता छन् ।फूलबारीको हरियाली सामुदायिक वनमा फूलबारी–सीगाउँका राजमोहन चौधरी मृत फेलापरेका हुन् ।मंगलबार साँझ गाउँनजिकैको सो वनमा जंगली जनावरको सिकार गर्न गएका राजमोहनको बुधबार बिहान कोषमाया तालनजिकै शव फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।उनीसँगै सिकार खेल्न गएका हरि चौधरी बेपत्ता भएका छन् । उनको खोजीकार्य भइरहेको निमित्त प्रमुख वलीले बताए ।स्थानीयकाअनुसार मंगलबार साँझ उक्त जंगलमा बन्दुक पड्किएको आवाज सुनिएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस