सेती अञ्चल अस्पतालको  लिफ्ट मर्मत नहुदा बिरामीलाई सम्सया

षौष ०२ धनगढी
सेती अञ्चल अस्पतालले नौ महिनादेखि विग्रिएको लिफ्ट मर्मत नगर्दा गम्भीर प्रकृतिका विरामीलाई पिठ्युमै बोकेर उपचार कक्षसम्म पुर्याउनुपर्ने बाध्यता कायमै रहेको छ । झण्डै पाँच लाख खर्च गरेर सञ्चालनमा ल्याइएको लिफ्ट मर्मतमा अस्पतालले चासो नदिदा असहाय र गम्भीर प्रकृतिका विरामीलाई समस्या हुने गरेको छ । अस्पतालको पहिलो तलासम्म रयाम्प मार्फत विरामीलाई ओसार्न सकिने भएपनि दोस्रो र तेस्रो तलामा ¥याम्पको व्यवस्था समेत नहुदा झनै समस्या खेप्नुपरिरहेको विरामीका आफन्तले गुनासो गरेका छन् । लिफ्ट नहुँदा सबैभन्दा बढी मर्कामा डायलासिस गर्नुपर्ने विरामी परेका छन् । अस्पतालको तेस्रो तलामा डायलासिस सेवा भएकाले उपचारका लागि सिढी चढ्न नसक्ने विरामीलाई पिठ्युमा बोकेर पु¥याउनुपर्ने बाध्यता रहेको छ । यसअघि पनि तीन पटक विग्रिएको लिफ्टका विग्रिएका उपकरणहरु नेपालमा नपाईने भएकाले मर्मतमा ढिलाई भएको बताइएको छ । चीनबाट आवश्यक उपकरण मगाईएकाले छिट्टै मर्मत गरिने तर लिफ्टको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताउनुभयो । अर्कोतीर सेती अञ्चल अस्पताल सुदूरपश्चिम प्रदेश सरकार मातहत आइसकेपछि मुख्यमन्त्री र मन्त्रीहरुले चर्चा बटुल्न अनुगमन गर्ने गरेपनि अस्पताल सुधार गर्नतर्फ कसैको ध्यान जान सकेको छैन । 

 

प्रतिकृया दिनुहोस