प्रतिखेतमा क्षयरोग सम्बन्धि निशुल्क स्वास्थ शिबिर संचालन

षौष ११ सुखड 
कैलालीको घोडाघोडी नगरपािलका ६ प्रतिखेतमा क्षयरोग सम्बन्धि निशुल्क चेकजाँच शिविरको आयोजना गरिएको छ । घोडाघोडी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिबिरको आयोजना गरिएको स्वास्थ्य शाखा संयोजक हेमराज बुढाले जानकारी दिए । शिविरमा पहिलो दिन बुधबार  ५६ जनाले क्षयरोगको चेकजाँच गराएका छन । शिविरमा सहभागीको अहेब वीर बहादुर ओली र ल्याब असिस्टेन्ट पवन चौधरीले जाच गरेका थिए । एक क्षयरोगीको बिरामिले करिब १० जनालाइ रोग सार्न सक्ने हुनाले यो रोग नियन्त्रणका लागि अघि  बढेको शिविर संयोजक बुढाले जानकारी दिए । एउटा क्षयरोगको बिरामिलाइ पुर्ण रुपमा निको बनाउन सरकारले ५ देखि ७ लाखसम्म खर्च गर्ने गरेको जानकारी दिदै उनले  जनताले निशुल्क रुपमा पाइरहेको सेवाको सदुपयोग गर्न आग्रह गरे । शिविर बिहिवारसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस