पौष १५ को अवसरमा बर्दगोरीयामा शिक्षकहरु बिच भलिबल प्रतियोगिता हुदै 


लोकू सिंह ठकुरी, पौष १२ सुखड


कैलालीको बर्दगोरीया गाउपालिकामा पौष १५ को अवसरमा शिक्षकहरु बिच खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । साईनिङ्ग स्टार एकेडेमी बर्दगोरीया १ कट्टीपुरको आयोजनामा पौष १३ गते देखी गाउपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षकहरु बिच उक्त प्रतियोगिता हुने भएको हो । नेपालीहरुले मनाउने चाड पौष १५ र यही अवसरमा सबैको जमघट गरी रमाईलो गर्दै आत्मियता साटन प्रतियोगिताको आयोजना गरीएको आयोजक संस्था साईनिङ्ग स्टार एकेडेमीका प्रिन्सीपल तपेन्द्र खडकाले जानकारी दिए । बिभिन्न बिद्यालयको अस्वस्थ प्रतिशपर्दाका कारण चिसिएका सम्बन्धहरु पनी यस्ता कार्यक्रमहरुले सुधार हुने शिक्षकहरुको बुझार्ई छ । प्रतियोगिमा प्रथम स्थान हासिल गर्ने बिद्यालयले खशी प्राप्त गर्ने भएका छन ।       
 

प्रतिकृया दिनुहोस