बर्दगोरीयामा संचालीत खुल्ला भलिबल प्रतियोगितामा एक खेल सम्पन्न 

लोकु सिंह ठकुरी मुढा १३ पौष
कैलालीको बर्दगोरीया गाउपालिकामा पौष १५ को अवसरमा शिक्षकहरु बिच शुक्रबार बाट सुरु भएको खुल्ला भलिबल प्रतियोगितामा एक खेल सम्पन्न भएको छ । आयोजक बिद्यालय साईनिङ्ग स्टार एकेडेमी बर्दगोरीया १कट्टीपुर र ग्रीनल्यण्ड बोर्डीङ स्कुल खैरेनी बिच भएको उदघाटन खेलमा साईनिङ्ग स्टार एकेडेमी बिजयी भएको छ . नेपालीहरुले मनाउने चाँड पौष १५ र यही अवसरमा सबैको जमघट गरी रमाईलो गर्दै आत्मियता साटन गर्नको लागी प्रतियोगिताको आयोजना गरीएको आयोजक संस्था साईनिङ्ग स्टार एकेडेमीका प्रिन्सीपल तपेन्द्र खडकाले बताउनु भयो । शनिबार बिहान १० बजे आयोजक बिद्यालय साईनिङ्ग स्टार एकेडेमी बर्दगोरीया १कट्टीपुर र कालिका मा.बि. नौनिया बिच खेल हुने बताईएको छ ।प्रतियोगिमा प्रथम स्थान हासिल गर्ने बिद्यालयले खसी प्राप्त गर्ने भएका छन ।

प्रतिकृया दिनुहोस