बर्दगोरीया गाउपालिका स्तरीय शिक्षक मैत्रिपुर्ण भलिबल प्रतियोगीताको उपाधी साईनिङ स्टार एकाडेमीलाई  (अडियो सहित)

लोकू सिंह ठकुरी, पौष १५ सुखड
बर्दगोरीया गाउपालिका स्तरीय शिक्षक मैत्रिपुर्ण भलिबल प्रतियोगीताको उपाधी साईनिङ स्टार एकाडेमीले जितेको छ । पौष १३ गतेबाट शुरु भएको भलिबल प्रतियोगीताको फाईनल खेल आईतबार सम्पन्न भएको हो । फाईनल खेलमा एम.एल.एकाडेमी नेपाल नौनियालाई ३÷१ को सेटमा पराजीत गर्दै आयोजक बिद्यालय साईनिंग स्टार एकेडेमी कट्टीपुर बिजयी भएको हो । प्रथम स्थान हासिल गर्न सफल साईनिंग स्टार एकेडेमी कट्टीपुरले १५ हजार बराबरको खसी, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थान हासिल गरेको एम.एल.एकाडेमी नेपाल नौनियाले ५ के.जी. कुखुरा, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा गाउपालिका भरिका ६ वटा बिद्यालयको सहभागीता रहेको थियो । सहभागी तथा बिजयी बिद्यालयहरुलाई एक कार्यक्रमका बिच पुरस्कार बितरण गरीएको छ । पुरस्कार बितरण पश्चात साईनिंग स्टार एकेडेमी बर्दगोरीया १ कट्टीपुरका प्रिन्सीपल तपेन्द्र खडका र खेल संयोजक भरत ताम्राकार संग छोटो कुराकानी गरेका छौ । कुराकानी  

 

प्रतिकृया दिनुहोस