लहरे बाली व्यवस्थापन तालिम रिठाडिटी गाउँमा सम्पन्न

वीरेन्द्र शाह षौष १७ सुखड 
किसान बहुउदेश्य सरकारी संस्था लि.सहजपुर साखाको आयोजनामा लहरे बाली व्यवस्थापन तालिम सुरु भएको छ । तालिमको दोसा्रे दिन डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ रिठाडिटी गाउँमा सम्पन्न भएको छ । पौष १६ गते बाट सुरु भएको ७ दिने लहरे बाली व्यवस्थापन तालिमको दोसा्रे दिन रिठाडिटी गाउँका ३३ जना महिलाहरुको सहभागीता रहेको थियो । किसान बहुउदेश्य सरकारी संस्था मार्फत गठित समुहलाई बित्तिय सेवा मात्रै प्रवाह संस्थामा आबद्ध सदस्यहरुलाई बिभिन्न किसिमका तालिम प्रदान गर्दे आएको छ । संस्थाले लहरे बाली व्यवस्थापन तालिम,च्याउँ खेती तालिम,बुङगुर पालन तालिम प्रदान गर्दे आएको बताईको छ ।गाउँ ठाउँका गठन गरेका कृषि समुहहरुलाई कृषि क्षेत्र बाट केही गरेर आत्मनिर्भर बन्न सजिलो, तथा आय स्तर वृद्धिहोस भन्नको लागी तालिम दिएको बताईएको छ । किसान बहुउदेश्य सहकारी संस्था लि.का कृषि प्राबिधिक वीरेन्द्र शाहले तालिमको सहजीकरण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस