सडककाे कथा

रुपा शर्मा 'नेहा'

 

भरीया …गेष्ठहाउस जाने ?
म …कति पैसा दिनुुहुन्छ ?
भरीया ….एकहजार दिन्छु कोठाको पैसा म तिर्छु ।
म… मैले पनि अभिनय गर्दै भने त्यतिमा को जान्छ ? ३००० चाहिन्छ मलाई त ?
भरीया …म त १००० भन्दा दिन सक्दिन गाउमा छोराछोरी छन् उनिहरुको खर्चपनि यहिबाट पठाउनुपर्छ , घरको जिम्मेवारी पनि त हेर्नुपर्यो नी । उसको कुरा सुन्दा यस्तो लाग्थ्यो कि उ घरको असल बुवा अनि असल पति पनि हो ।
मैले सोधे ..घरको त्यत्रो चिन्ता गर्ने मान्छेले होटलमा किन रमाईलो गर्नुपर्यो त ?
भरीया .. कहिले काहि घरबाट टाढा हुदा रमाईलो त गर्नुपर्यो नी । हिड न जाउ म तिमिलाई एकवोतल वियरपनि खुवाउछु नि , अरु खानेकुरा पनि खुवाउछु ।

खुट्टामा च्यातिएको चप्पल, फुटेका खुट्टा, हात हेर्दा भरखरै बारी खनेर आएको जस्तो धुलोमैलो मयेलले कातिपरेको कपडा लगाएको त्यो भरीयाले म उसंग जान नमानेपछि भन्दै थियो । तिमि नजाने हैन ठिकै छ उ त्यो भाईलाई भन्यो भने जस्तो भन्यो त्यस्तै केटि मिलाई दिन्छ । १००० रुपैया मात्र दिने भएत म जान्न भन्ने बाहाना गर्दै म उबाट अलि टाढा पुगेर उभिए । मैले त्यो बुढामान्छे संग कुरागरेको नियालि रहेको एकजना युवक मेरो नजिक नजिक आयो । उसको कुरा गर्ने शैलि पनि उस्तै थियो ।

युवक …कसैलाई कुरीराको हो ?
म …अँ साथीलाई कुरीरा
युवक ..फोन डायल गरेजस्तै गरी , म पनि साथीलाई कुरीराको फोन नै लागेन ।
मैले उसको कुराको जवाफ फर्काईन ।
युवक …के काम गर्नुहुन्छ ?
म..केहि गर्दिन ,तपाईनि .
युवक ..चापागाँउमा कलेज पढाउछु
म एँ
युवक ….तपाईको घर
म ..यतै नजिकै छ
युवक …मलाई कोठामा लैजाने ?
म..तपाईलाई मेरो कोठामा किन लैजानु
युवक … होटलमा बस्नुभन्दा तिम्रैमा बसौन । आनन्दले दिनभर बस्न पाईन्छ । होटलमा तिर्ने पैसा पनि बच्छ ।
म …तपाईको विहे भाको छैन र ?
युवक ..विहे त भाछ बुढि एनजिओमा काम गर्छे । सधै व्यस्त यसो रमाईलो गरौ भनेर यता आको ।
म …तपाई कलेज पढाउने मान्छे । श्रिमती पनि छ भन्नुहुन्छ यस्तो सडकमा बसेर केटि खोज्नुपर्छ त ?
युवक ….म संग सम्पर्कमा धेरै केटिहरु छन् । धेरैजसोले कोठामै बोलाउछन् । हिजो आज उनिहरुसंग सम्पर्क नभएर यता आको । यहाँ आएपछि दलालहरुले कलिला कलिला केटि मिलाईदिन्छन् ।
म …म त कलिलि छैन नि त किन म संग जानु खोज्नुभाको त ?
युवक …तपाई अलि अरु भन्दा स्मार्ट लाग्यो । सडकमा भेटिनेहरु धेरै हेर्दै फोहोरी हुन्छन् । फेरी त्यो मलाई केटि मिलाईदिनेको मोवाईल पनि स्विच अफ रैछ । तिमि हेर्दा त यसरी सडकमा बस्ने जस्ति छैनौ किन बुढाले दुख दिएर आको हो ?
म….मैले वनावटि शैलिमा भने हैन मेरो विहेनै भाको छैन ।
तपाईपनि त कलेज पढउछु भन्नुहुन्छ सडकमा आएर केटि खोज्नुहुन्छ ।
युवक ….उ अलि अनकनायो । हैन हैन म धेरै हिड्दिन । तिमि एकघण्टाको कति लिन्छौ ?
म ….३०००
युवक …ओहो कस्ति महङ्गि ? तिम्रो कोठामा बसौ रमाईलो गरौ । खानेकुरा सवै म किन्छु अनि १५०० दिन्छु नि
म …हुन्न म जादिन ।

म र त्यो पुरुष गफ गरिरहदा हाम्रै टिमको एकजना पुरुषसाथीले टाढाबाट मास्क लगाएर मलाई नियालिरहनुभएको थियो ।
त्यो कलेज पढाउने पुरुष म संग रिसाउदै हिड्यो । म फेरी विस्तारै सडकको अर्को किनारमा गएर उभिए । त्यसरी उभिरहदा सडक छेउमा केहि पुरुषहरु उभिएका थिए । हामि संग आउनुभएका दुई जना साथीहरु ति पुरुषसंग गफ गररहनु भएको थियो भने हाम्रा अन्य महिला साथीहरु पनि यस्तै सडकमा आउने ग्राहकसंग गफ गरिहनुभएको थियो ।

उभिदा उभिदै एकजना लगभग १९,२० वर्षको जस्तो देखिने युवक मेरो छेउमा आएर उभियो । पुर्लुक्क मलाई हेर्दै मोवाईल चलाउदै गररहेको थियो । विस्तारै उ संग पनि कुरा सुरु भयो

युवक ….कति बज्यो
म ३ बज्न लाग्यो
युवक ..साथीलाई कुरेको आउदै आएन , तपाईपनि साथी कुरेको हो ?
म …हो नि
कुरा विस्तारै अगाडि बढ्यो
युवक ..तपाई कहाँ बस्नुहुन्छ ?
म …बल्खु
युवक …काम गर्नुहुन्छ
म …गर्दिन ,तपाईनि ?
सितापाईलाको ईन्जिनियरीङ्ग कलेजबाट भरखर पढाई सकाए ।पोखराबाट लोकसेवा आयोगको जाच दिन जान लागेको ।
वबरमहलमा डेरामा बस्ने बतायो ।
युवक….मेरो साथीले भनेको यहाँ केटिहरु पाईन्छन् रे है ?
म ….हो र थाहा छैन मलाई
युवक….किन अप्ठ्यारो मान्नुभाको
म ….किन अप्ठयारो मान्नु नि ?
युवक ….यति कुरा गरेपछि उसले खुलेर भन्यो , भन्नुस् न तपाई कति लिनुहुन्छ ?
म ….म त ३००० लिन्छु
युवक …जिव्रो टोक्दै , ओहो त्यति धेरै त म दिन सक्दिन । विद्यार्थी मान्छे त्यत्रो पैसा त म संग छैन ।
म …तपाई त साथी कुरेको भन्नुभा हैन र ?
युवक ..हो । साथीले यता केटि पाईन्छ भनेको थियो । पहिला पहिला त रत्नपार्कमा गएर लिएर जान्थ्यौ अहिले यसो यता पाईने भए एकदुई घण्टा बसेर पोखरा जाउ भनेर हो
म ….किन रत्नपार्कमा अहिले भेट्नुभएन ?
युवक …हैन, एकजनाको मोवाईल अफ रैछ त्यहि भएर ।
म …तपाईहरु संग जाने केटिहरु कस्ता हुन्छन् ?
युवक…गाँउबाट आको गरिवहरु हुन्छन् । कोहि कोहि त होटलको कोठामा पुग्ने वित्तिकै रुन थाल्छन् ।
म …त्यस्तो रुदा तपाईलाई माया लाग्दैन ?
युवक …कहिले काहि त नमज्जा लाग्छ । कसैले आमा छैन भाईबैनि पाल्नुपर्छ भन्छन् ।कसैले बुढा विदेश गएर वास्ता गरेन भन्छन् । उसले विचमै रोकिएर सोध्यो तपाईपनि त्यस्तै त होलानी हैन ?
म …..दुख नपाई को सडकमा आउछ त ?
युवक …हिडन त जाउ
म …काहाँ ?
मेरो कोठामै जाउ न हुन्न ? , म त जहिले कोठामै लाने हो , होटलमा भन्दा सुरक्षित नि हुन्छ ।
म …कति पैसा दिने ?
युवक …हेर म विद्यार्थी मान्छे । ममि बाबाले पठाएको पैसाले सबै खर्च पुर्याउनु पर्छ । खाजा खाने पैसा जोगराएर रमाईलो गर्ने हो । तिमलाई म १००० दिन्छु हुन्छ ?
म …..म त त्यति थोरै पैसामा जादिन ।
युवक ….मलाई पोखरा जानुछ । त्यत्रो पैसा खर्चगर्दा ममि वावाले कहाँ खर्च गरिस् भनेर मार्नुहुन्छ ।
म … त्यसो भए अर्को मान्छे खोज्नुस् भनेर म त्यहाँबाट हिडे ।

केहि समय अगाडि राजधानिको कंलकि ,गंगबु लगायतका स्थानका सडकहरुमा सो क्षेत्र वरीपरी होटल खाजाघरमा काम गर्ने साना नानीहरुलाई यौन शोषणका घटनाहरु बढेको थाहा पाएपछि हामि केहि साथीहरु सो क्षेत्रमा आउने ग्राहकको बारेमा अनुसन्धान गर्न त्यहाँ पुगेका थियौ । सो क्षेत्रमा ग्राहकहरुसंग नचिनिएर कुराकानिको अशंलाई मैले जस्ताको तस्तै राखेकि हु ।

नेपालमा यौनकार्यलाई कानुनि मान्यता दिईएको छैन । तर पनि पढेलेखेका मानिसदेखि भरीयासम्मले सडकपेटिमै बसेर बार्गेनिङ्ग गरिरहेका हुन्छन् । विदेशबाट आएका मानिसहरु राजधानि पुगेपछि केहिदिन होटलमा बस्ने र त्यहाँ सानाउमेरका बालिकाहरुलाई फकाएर लगि यौन कार्य गर्ने गरेको पाईन्छ । होटलका साहुहरुले बालिका देखि किशोरीसम्म मिलाईदिने र आफुले विचको कमिसन लिनेगरेको घटनाहरु बढ्दै गएका छन् । अनुसन्धानै सिलसिलामा केहि होटलहरुमा पुरुष साथीहरु पुग्दा साहँुले हामि जुन उमेरको चाहियो त्यहि उमेरको महिला बोलाईदिन्छौ हाम्रो होटल फलानो नेताको हो त्यहि भएर चेकिङ्गको डर मान्नुपर्दैन भन्दै प्रलोभन देखाएका थिए । यसबाट पनि राजधानिमा यौन कार्य कानुनि रुपमा बर्जित भएपनि खलेआम रुपमा भईरहेको पाईन्छ ।

चेन्ज नेपाल नामक संस्थाले ठमेल गंगबु र कलंकिमा मनोरन्जनका क्षेत्रलागायत होटल,गेष्टहाउस तथा सडकमा रहेका १ सय ५जना व्यवसायिक यौन दुव्र्यवहारमा परेका बालबालिकामा गरेको अध्ययनमा सवैभन्दा बढि ६२.५८ जनजाति समुहका रहेका छन् भने दोस्रो नम्वरमा वाहुन १३ प्रतिशत् रहेका छन् ।

उनिहरुलाई तपाईहरु को संग काठमाडौं आउनुभयो भनेर सोध्दा सबैभन्दा बढि ३३.०५ प्रतिशत्ले आफ्नौ वुवाआमासंग आएको बताएका छन् भने २०.६७ प्रतिशत्ले आफन्तसंग आएको बताएका छन् ।

यसरी दुव्र्यवहारमा परेका बालिका तथा किशोरीहरु बढि मात्रामा नुवाकोट र धादिङ्गको रहेका छन् ।यसैगरी सामाजिक परिचालनका लागि युवा नेपाल, छोरी, विश्वास नेपाल, महिलाका निम्ति महिलामंच लगायतका धेरै संघसंस्थाहरुले यसक्षेत्रमा काम गर्दै आईरहेका छन् तर यति हुदाहुदै पनि गरिवि , अशिक्षा र चेतनाको कमिले गर्दा गाँउबाट शहरपस्नेक्रम रोकिएको छैन जसले गर्दा जति नै परामर्श र पुर्नस्थापनाका कामहरु गर्दा यसरी कामको खोजिमा शहर पसेका बालिकाहरु व्यवसायिक यौन दुव्र्यवहारमा पर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको पाईन्छ ।

सरकारले कम उमेर समुहका बालिकाहरु व्यवसायिक यौन दुव्र्यवहारमा पर्ने जोखिम कम गर्नको लागि स्थानिय तहदेखि नै आर्थिक शसक्तिकरणका कार्यक्रमहरु संचालन गर्न सकेको खण्डमा भोलिका दिनमा आमावुवाको काखमा लुट्पुटि गर्ने उमेर समुहका बालिका तथा किशोरीहरुमाथि हुने व्यवसायिक यौन शोषणका घटनामा कमि आउन सक्छ ।

प्रतिकृया दिनुहोस