गायिका तथा मोडेल सिर्जु अधिकारीको ब्याण्ड बाजा   (भिडियो सहित)

लोकू सिंह ठकुरी, सुखड कैलाली 
गायिका तथा मोडेल सिर्जु अधिकारीले ब्याण्ड बाजा बोलको गितको भिडीयो सार्वजनिक गरेकी छन । यो गित सुदुरपश्चिमेली भाषामै निमार्ण गरीएको छ । यसो हेर्दा सुदुरपश्चिमेली संस्कृतीलाई उजागर गर्न खोजीएको प्रष्ट बुझिन्छ । बिशेष गरी कार्यक्रमको दौरानमा धेरै पटक सुदुरपश्चिम आएको र यहाको भाषा संस्कृतीले आफुलाई लोभ्याएको भन्दै सुदुरपश्चिमेली दर्शक श्रोताहरुलाई नया स्वाद दिनको लागी ब्याण्ड बाजा लिएको आएको उनी बताउछिन । सिर्जु अधिकारीकै स्वर, शब्द अनी संगितमा सजिएको गितमा अराज केशबले रिमिक्सको पाटो सम्हालेका छन भने गितको एरेन्ज केशव बडुले गरेका हुन । भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेनको आकर्ष नृत्य र हभिनय देख्न पाईन्छ । भिडियो निर्देशन भने शिव बि.क.ले गरेका छन । गायिका तथा मोडेल सिर्जु अधिकारी बिगत लामो समय देखी सांगितीक क्षेत्रमा सक्रिय छिन । उनका दर्जनौ गितहरु संगितीक आकाशमा चर्चामा रहेका छन । पछिल्लो समय उनी ब्याण्ड बाजा बोलको गित लिएर आएकी हुन । बिशेषगरी सुदुरपश्चिमका दर्शक श्रोताहरुलाई आफनो काम भिडियो हेरेर सल्लाह सुझाव दिन र सबैले माया गरीदिन आग्रह गरेकी छन । यो भिडियो सिर्जु अधिकारीको अफिसियल युटुब च्यान सिर्जु अधिकारी मार्फत सार्वजनिक भएको छ ।  

 

प्रतिकृया दिनुहोस