रेखा जोशीलाई संसार धामीले उसै फस्का लाउदी छै भने पछि यस्तो भयो

रेडियो कैलाली पौष २१ सुखड
गायक संसार धामीको उसै फस्का लाउदी छै भन्ने बोलको देउडा गितको भिडियो सार्वजनि भएको छ । गितमा गायक संसार धामीलाई गायिका रेखा जोशीले आवाजमा साथ दिएकी छिन ।के.एस.सोनीको शब्द रहेको गितमा संगित गायक स्वयम संसार धामीको रहेको छ ।मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड भएको गितलाई केशब बढुले एरेन्ज गरेका छन । भिडियोमा संसार धामी र रेखा जोशीलाई देख्न पाईन्छ । सुन्दर पश्चिममा बोलिने भाषालाई गित मार्फत सार्वजनिक गरीएको छ ।गित एक दमै राम्रो बनेको हुनाले यो गितलाई सबैले माया गरीदिन गायक संसार धामी सबैलाई आग्रह गरेका छन ।सुन्दर पश्चिम देउडा युटुब च्यानल मार्फत सो गितको भिडियो सार्वजनि गरीको छ ।

 

प्रतिकृया दिनुहोस