घोडाघोडी जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका नव निर्वा्र्चित संचालक समितीको घोषणा

लोकु सिंह ठकुरी षौष २१ सुखड
घोडाघोडी नगरपालिका वडा नं. १ मा रहेको श्री घोडाघोडी जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका नव निर्वा्र्चित संचालक समितीको पदवहार ग्रहण तथा घोषणा सभा शनिवार सम्पन्न भएको छ । एक कार्यक्रमका बिच निर्वा्चित प्रतिनिधीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । निर्वाचन समितीका संयोजक शिव प्रसाद ढकालको सभापत्तीत्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनराज शाही रहनु भएको थियो । अन्य अतिथीहरुमा सहकारी संस्थाका संस्थापक अध्यक्ष हरिलाल गैरे, निर्वाचन समितका सदस्य, समाजसेवी, बुद्धीजिबी लगायतका रहेका थिए । प्रमुख अतिथीको आसनबाट बोल्दै वडाध्यक्ष मनराज शाहीले राम्रो काम गरेमा वडामा संचालित सहकारीहरु संग हातेमालो गरेर जान सकिने बताउनु भएको छ । कम आयस्तर भएका मानीसहरुको जिवन स्तर उकास्न सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउदै सहकारीहरु नाफामुखी मात्रै भन्दा पनी समाज र सदस्य प्रती उत्तरदायि बन्न आग्रह गर्नु भयो । सभामा संचालक समितीको पदभार समेत निर्धारण गरीएको छ । जस्मा अध्यक्ष खडक बहादुर बम, उपाध्यक्षमा डिल्ली राम जैशी, सचिवमा भवानी ढकाल, कोषध्यक्षमा धनसरी गैरे र अन्य सदस्यहरुमा चन्द्रेश्वर यादव, जगत बि..क., बाबुराम खरेल, पबित्रा कुमारी पाण्डे र बसन्ति शाही रहनु भएको छ । त्यस्तै लेखा समिती संयोजकमा भोजराज सापकोटा र लेखा समिती सदस्यमा भोजराज जोशी र शारदा अर्याल निर्वा्चित हुनु भएको छ । नव निर्वा्चित पदाधिकारीहरुलाई निर्वाचन समितीका संयोजक शिव प्रसाद ढकालले पद तथा गोपनियताको सपथ ग्रहन गराउनु भएको थियो । निर्वाचन समिती सदस्य काशिराम जोशीको स्वागत मनतब्य संगै शुरु भएको कार्यक्रमको संचालन निर्वाचन समिती सदस्य दिनेश कुमार लामिछानेले गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस