सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

पौष २२, 

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आर्थिक बर्षमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।

अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्ष भित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । आउँदो माघ बाट विवरण सङ्कलन गरिने र असार सम्म परिचयपत्र वितरण गरि सक्ने लक्ष्य लिइएको छ । सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताउनुभयो । सरकारले पाँचथर बाट गत मङ्सिर ३ गते देखि वितरण शुरु गरिएको परिचयपत्र वितरण चालू आर्थिक वर्षमा सात प्रदेशका १५ जिल्लामा वितरण हुन लागेको हो । विभागले यस अघि पाँचथरमा एक लाख १० हजार र सिंहदरबारका सात हजार कर्मचारी गरी एक लाख १७ हजार लाई परिचयपत्र वितरण गरिसकेको छ । विभागले चालू आर्थिक वर्ष भित्र सात प्रदेशका १६ वर्ष भन्दा माथिका ३५ लाख २३ हजार ६९८ जना लाई परिचयपत्र वितरण गर्ने तयारी गरेको हो ।

प्रतिकृया दिनुहोस