७ दिने लहरे बाली व्यवस्थापन तालिम सहजपुरमा सम्पन्न 

वीरेन्द्र शाह षौष २२ सुखड 

किसान बहुउदेश्य सरकारी संस्था लिमिटेड सहजपुर साखाको आयोजनामा पौष १६ बाट सुरु भएको ७ दिने लहरे बाली व्यवस्थापन तालिम आज सम्पन्न भएको छ । ७ दिने लहरे बाली व्यवस्थापन तालिममा २५० जना कृषि समुहका महिलाहरुको सहभागीता रहेको थियो । किसान बहुउदेश्य सरकारी संस्था मार्फत गठित समुहलाई बित्तिय सेवा मात्रै प्रवाह संस्थामा आबद्ध सदस्यहरुलाई बिभिन्न किसिमका तालिम प्रदान गर्दे आएको छ । संस्थाले लहरे बाली व्यवस्थापन तालिम,च्याउँ खेती तालिम,बुङगुर पालन तालिम प्रदान गर्दे आएको बताईको छ । गाउँ ठाउँका गठन गरेका कृषि समुहहरुलाई कृषि क्षेत्र बाट केही गरेर आत्मनिर्भर बन्न सजिलो, तथा आय स्तर वृद्धिहोस भन्नको लागी तालिम दिएको बताईएको छ । किसान बहुउदेश्य सहकारी संस्था लिमिटेडका कृषि प्राबिधिक वीरेन्द्र शाहले तालिमको सहजीकरण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस