कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको नवौं साधारण सभा सम्पन्न 

पौष २२ सुखड कैलाली
कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको नवौं साधारण सभा महेन्द्रनगरमा सम्पन्न भएको छ । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शिव सिंह कार्कीको अध्यक्षतामा नवौं साधारण सभा सम्पन्न भएको हो । नवौं साधारण सभा बाट आफ्ना शेयरधनीहरुलाई चुक्त पुजिको ५ प्रतिशत बोनस शेयर र ६.२९ प्रतिशत नगद लाभाशं प्रदान गर्ने निणर्य गरेको छ । साथै साधारण सभाले आ.ब २०७४ २०७५ बित्तिय विवरण समेत पारित गरेको छ । शेयर धनिहरुले बैंकको प्रगतिको शुभकामना दिएका छन । साधारण सभा बाट सस्थापक शेयर धनीहरु बाट प्रतिनिधित्व गर्ने गरी ३ जनालाई संचालक समितिको पदमा निर्वाचित गरीएको छ । साधारण सभा समापन लगत्तै बसेको संचालक समितिको बैठकले पुन शिब सिंह कार्की लाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । कार्यक्रमको संचालन बैकका कार्यकारी अधिकृत एवम कम्पनीका सचिव बिरु राम जैशीले गर्नु भएको थियो । 

 

प्रतिकृया दिनुहोस